महामारीले जोत्दै गरेको गोरु मरेपछि किसानको रुवाबासी
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १३:५७:३२
२१ जेठ, खोटाङ । गोरु नभएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका दलसुर राईले आफैँले हलो तानेर मकै छरे । दलसुरले दाजु चलनसिं राईको गोरु मागेर बारी जोत्ने गरेका थिए । तर, चलनसिंको गोरु २२ वैसाखमा छिमेकी सुवास राईको बारी जोत्नेक्रममा मरेपछि उनले बाँझो मारिसकेको बारीमा आफैँले हलो तानेर मकै छरेका हुन् । उनले कान्छो भाइ लिसेन राईसँग आलोपालो गर्दै हलो तानेर मकै छरेको भिडियो ३ जेठमा सोही ठाउँका गिरीराज राईले सामाजिक सञ्जालमा राखेका छन् ।
यस्तै, ४ जेठमा बहर गोरु र १२ जेठमा जोत्दै गरेको गोरु मरेपछि दुर्छिम गणेशटारका नविन राईले छिमेकीको गोरु मागेर मकै छरे । शरीरको विभिन्न भागमा गाँठागुठी देखिने, गाँठागुठी पाक्ने र पानी बग्ने, आँशु आउने लगायतका लम्पी स्किनसँग मिल्दोजुल्दो रोगको प्रकोपका कारण गणेशटारमा हालसम्म पाँचवटा गाईगोरु मरिसकेका छन् । लम्पी स्किन रोगका कारण रातमाटेमा मात्रै करिब १०-१२ वटा गाईगोरु मरिसकेको स्थानीय राजन राई बताउँछन् । खेतबारी जोत्ने गोरु मरेपछि कतिपय किसानले कोदालोले खनेर मकै छरेका छन् । ‘कसैका गोरु मरे । कसैको बिरामी भएपछि आफैले हलो तानेर मकै छर्नुपरेको हो । कसैले खनेर मकै छरे, ’ राईले भने, ‘कुनै गाईगोरु तंग्रिदैछ । शरीरभरी खटिरैखटिरा छ । यस्तो बेला पावर ट्रिलर उपयोगी हुनेरहेछ ।’
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पनि लम्पी स्किन रोगले करिब १०–१५ वटा गाईगोरु मरिसकेको छ । हस्तबहादुर कार्की र ताराबहादुर खत्रीको जेठ १२ गते गोरु मरेको वडाध्यक्ष अनिश कार्की बताउँछन् । त्यसअघि रणबहादुर श्रेष्ठ, कृष्णबहादुर कार्की, विदुर कार्की, कुम्भनारायण श्रेष्ठ, मोतिलाल श्रेष्ठ लगायतका किसानको गाईगोरु मरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा पनि पाँच वटा गाईगोरु मरिसकेका छन् । जोत्दै गरेको गोरु जेठ १३ गते मरेपछि बिजयखर्ककी उर्मिला दर्जी समस्यामा परेकी छन् । बिजयखर्कमा खड्गबहादुर कट्वाल, बेदकुमार कट्वाल लगायतको गाईगोरु मरेको हो ।
गत माघ यता खोटाङका १० स्थानीय तहमध्ये सबै पालिकामा गाईगोरुमा लम्पी स्किन रोगसँग मिल्दोजुल्दो लक्षण देखिने महामारी फैलिएको हो । त्यसमध्ये जन्तेढुंगा गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये पाँच वडामा ३० वटा गाईगोरु मरिसकेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा। सुशन ढकालले बताए । जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा सात वटा, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा १२ वटा, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा पाँच वटा, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा चार वटा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा दुई वटा मरेको छ । गाईगोरु मर्ने क्रम जारी छ ।
अन्य स्थानीय तहमा गाईगोरु बिरामी भए पनि मरिहालेको रेकर्ड छैन । ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्रि तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाइरहेको हुने, दुव्लाउँदै जाने, खुट्टा खोच्याउने, दुध उत्पादन घट्ने लगायतका लक्षण देखिने रोगबाट हजारौं गाईगोरु बिरामी परेका छन् । प्रायः सवैजसो गोठका गाईगोरुलाई नयाँ रोगले सताएपछि किसान चिन्तित छन् । हालसम्म लम्पी स्किन रोगको ठोस उपचार र भ्याक्सिन पत्ता नलागेका कारण उपचारमा कठिन भइरहेको पशु स्वास्थ्य प्राविधिक बताउँछन् । हाल लम्पी स्किनको लक्षण अनुसार औषधि र खोपमार्फत पशुचौपायको उपचार भइरहेको छ । कतिपय किसानलाई लम्पी स्किन सार्ने झिंगा, लामखुट्टे र किर्ना मार्ने विषादि वितरण गरिएको छ । उपचारका क्रममा बिरामी गाईगोरु निको भइरहेको तर नयाँ संक्रमित पनि थपिने दर बराबर भइरहेका रोग नियन्त्रण कठिन भइरहेको छ ।
गाईवस्तुलाई लम्पी स्किनले थला पारेपछि स्थानीय तहले लक्षण अनुसारको उपचार गर्न, शरीरको गाँठागुठीलाई फिटकिरी र मन तातो पानीले सफा गर्न, तितेपाती र बेसारको पेष्ट बनाएर घाउमा लगाउन र आवश्यक परामर्शका लागि पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । विज्ञाका अनुशार लामखुट्टे, भुसुना, झिंगा आदिको टोकाईबाट गाईभैंसीमा लम्पी स्किन सर्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
कोशीमा स्वास्थ्य क्षेत्रमा साढे ३ अर्बको बजेट
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार