अत्यधिक गर्मीले जनजीवन प्रभावित, ११ ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार ८:५७:०
२२ जेठ, काठमाडौं । तराईका केही भू–भागमा आज पनि तातो हावा (लू) चल्ने भएको छ । विगत केही दिनको जस्तै आज पनि देशभरको अधिकतम र न्यूनतम् तापक्रम खासै नघट्ने भएको छ ।
केही दिन यता काठमाडौंसहित देशका विभिन्न भागमा गर्मी बढेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसम विद् गोविन्द झा बताउँछन् । पश्चिमी वायु कमजोर रहेका कारण तापक्रम बढेको र बदली समेत हुन नसक्दा गर्मी बढेको उनको भनाइ छ ।
काठमाडौंमा आज ३१ देखि ३३ डिग्री सेल्सियससम्म तापक्रम पुग्नेछ । र, यो क्रम अझै केही दिन रहनेछ । मौसमविद् झाले भने, हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशको तराईका केही भू–भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्याधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
केही दिनयता देशका विभिन्न स्थानमा तापक्रम अत्यधिक बढेसँगै विद्यालय बन्द गरिएका छन । गर्मी बढ्दा स्वास्थ्यमा जोखिम हुने र असर गर्ने भएकाले तराईका जिल्लाहरूमा केही दिनका लागि विद्यालय बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्ने सम्भावना देखाउँदै उच्च सावधानी अपनाउन आग्रह गरको छ ।
तराईका विभिन्न स्थानमा तापक्रमले निश्चित स्तर (थ्रेसहोल्ड) नाघेको छ । ती स्थानहरूमा तातो हावा र लु सुरु भएको छ । देशका ११ ठाउँमा शनिबार तापक्रम ४० डिग्री नाघ्यो भने २८ ठाउँमा ३५ देखि ४० डिग्रीको बीचमा थियो । सामान्य अवस्थामा तीन दिनसम्म कुनै पनि स्थानमा तापक्रमले निश्चित स्तर नाघ्दा लुको अवस्था हुन्छ ।
विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलका अनुसार लु तथा तातो दिन अनुगमनका लागि सन् १९८१ देखि २०२० सम्म ४० वर्षको तापक्रम विश्लेषण गरी प्रतिशतक (पर्सेन्टाइल) को आधारमा निश्चित दर निर्धारण गरिएको छ । गत वर्षदेखि शीतलहर तथा लुको अनुगमन प्रणाली विकास गरेर अनुगमन गरिरहेको विभागले त्यसका लागि तापक्रमको मापदण्डहरू निर्धारण गरेको छ । कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतकभन्दा धेरै हुँदा तातो दिन, ९५ प्रतिशतक हुँदा धेरै तातो दिन र ९९ प्रतिशतकभन्दा बढी हुँदा अत्यधिक तातो दिन मान्ने गरिएको छ ।
मौसमविद् कँडेलका अनुसार काठमाडौंमा तातो दिन हुनका लागि तापक्रम ३१.३ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ । काठमाडौंका लागि ३२ डिग्रीभन्दा बढी तापक्रम हुँदा धेरै तातो दिन र ३३.५ डिग्रीभन्दा बढी हुँदा अत्यधिक तातो दिन मानिन्छ । जबकि विराटनगरमा तातो दिन हुनका लागि तापक्रम ३५.९ डिग्री नाघ्नुपर्छ । विराटनगरका लागि धेरै तातो दिन ३६.८ र अत्यधिक तातो दिन ३९ डिग्री सेल्सियस नाघेको हुनुपर्छ । जनकपुरका लागि तातो, धेरै तातो र अत्यधिक तातो दिन हुनका लागि क्रमशः ३७, ३८.२ र ४० डिग्री सेल्सियस तापक्रम नाघेको हुनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
जेठ ११, २०८१ शुक्रबार
अप्रिलमा जापानको मुद्रास्फीतिमा सामान्य कमी
जेठ ११, २०८१ शुक्रबार
टिओआरमा सहमति जुटाउन कांग्रेससहित सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
जेठ ११, २०८१ शुक्रबार
कार्यकक्षबाटै कैलाश सिरोहियालाई पक्राउ गर्ने तरिका गलत : नेपाल
जेठ ११, २०८१ शुक्रबार
काफल बिक्री गर्न बसेका स्थानीयवासी
जेठ ११, २०८१ शुक्रबार
निर्माणाधीन टावर तथा सव स्टेसन
जेठ ११, २०८१ शुक्रबार