बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार २१:१०:२४
२३ वैशाख, खजुरा (बाँके) । सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ । सामाजिक सञ्जालको प्रयोगले हुने घटनामा वृद्धि भएको हो । सामान्य रुपमा फेसबुकमा भएको कुराकानी, दुर्व्यवहार, अनावश्यक फोटो राखी चरित्र हत्या गर्ने जस्ता क्रियाकलाप सम्बन्धिका ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने गरेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।
उनका अनुसार सामाजिक सञ्जाल फेसबुक, हवाट्सएप, भाइबर, इमो र फोनमा विभिन्न किसिमका कुराकानी तथा अनावश्यक सामग्री पोष्ट गर्ने जस्ता घटनाको उजुरी प्रहरीमा आउने गरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराधसम्बन्धी ९८ वटा उजुरी दर्ता भएको छ ।
गत आर्थिक वर्ष ४० वटा उजुरी परेको थियो । यो वर्षदेखि प्रहरी कार्यालयले साइबर अपराधसम्बन्धी छुट्टै शाखा स्थापना गरेर व्यवस्थित रुपमा काम गर्न थालेपछि उजुरी बढेको हो । प्रहरीका अनुसार सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेको सम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
आर्थिक लाभसम्बन्धी पाँच वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फर्स्यौट गरिएको प्रनाउ डाँगीले बताए । आर्थिक लाभसम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको छ ।
सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइएको छ । सोही कारणले चिट्ठा, तालिम, बैंक खाताको ओटिपी माग गरी ठगी भइरहेकोबारे प्रहरीले सचेत गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
के छन सूचना प्रविधिका नयाँ आयाम र चुनौती ?
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार