जिल्ला अदालतमा १८ आरोपीको थुनछेक बहस जारी
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार ११:२२:१५
२३ जेठ, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ गरी मुद्दा दायर भएपछि सुरु भएको थुनछेक बहस आज पनि जारी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ । सरकारी वकिलतर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस सुरु गर्नेछन् ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीहरूलाई थुनामुक्त गरे प्रमाणहरू नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम असुल गरी ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जेठ १० गते मुद्दा दायर गरेको थियो ।
३० अभियुक्तमाथि ठगी, किर्ते, राष्ट्रिय हितविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसुरको अभियोग लगाइएको छ । अभियुक्त बनाइएका ३० मध्ये १८ जना पक्राउ परेका छन् । १२ जना अझै फरार छन् ।
मंगलबार सरकारी वकिलको बहस सकिए भोली बुधबारबाट आरोपीतर्फका वकिलहरुले बहस सुरु गर्ने छन् । आइतबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस जारी छ । न्यायाधीश न्यौपानेको इजलासले सरकारी वकिललाई आजसम्म बहस गर्ने समय तोकेको छ ।
इजलासले थुनछेक बहसका लागि सरकारी वकिललाई तीन दिनको समय दिएको थियो भने जाहेरवालाका तर्फबाट पनि आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहसका लागि वकालतनामा हालिसकेका छन् । उनीहरूलाई समय तोकिएपछि निवेदक पक्षको बहस सकिनेछ ।
विपक्षीका तर्फबाट भने पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत प्रतिरक्षामा बहस गर्दैछन् । हालसम्म झन्डै तीन दर्जन कानुन व्यवसायी बहस गर्ने तयारीमा रहेका छन् । केशव दुलालसमेत ३० जनाउपर सरकारी वकिलले लिखत किर्ते, ठगी, राज्यविरुद्धको कसुर तथा संगठित अपराधमा मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरूमाथि २८ करोड ८१ लाख ७४ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै १० जेठमा मुद्दा दायर भएको थियो । जसको सुनुवाइ न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको छ । सरकारी वकिलका तर्फबाट जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले बहस सुरु गरेका थिए । सोमबार उनले त्यसैलाई निरन्तरता दिएका थिए भने सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराई र प्रकाश घिमिरेका साथै जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले बहस गरेका छन् ।
सरकारी पक्षको बहस सकिएपछि पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले बहस गर्नेछन् । कानुन व्यवसायीले यही जेठ ३० गतेसम्म बहस गर्नेछन् । जेठ ३१ गते सरकारी वकिलको जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ । त्यस क्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार