प्रतिनिधिसभा बैठक अझै सुरु भएन, करको दर हेरफेर विषयले बैठकमा हंगामा हुने संकेत
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १२:१४:११
२३ जेठ, काठमाडौं । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । तोकिएको समयभन्दा एक घण्टा ढिला हुँदा पनि बैठकबारे संसद सचिवालयले केही जनाएको छैन ।
आजको बैठकमा प्रतिपक्षी दल राप्रपाले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि जेठ १५ मा आगामी आव २०८०÷८१ को बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनाधिकृत व्यक्ति (अवकाश प्राप्त नासु)लाई मन्त्रालयको गोप्य कोठामा राखेर घरानालाई फाइदा पुग्ने गरी करको दर हेरफेर गरेको आरोपमा बैठक चल्न नदिने बताएको छ । राप्रपाको यो योजनामा प्रमखु प्रतिपक्षी एमाले र प्रतिपक्षी रास्वपाले साथ दिनेपछि बैठक सोमबारझैं असहज परिस्थिति आउने देखिएको छ ।
अहिले सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक राखेर बैठक सुचारु गर्नेबारे छलफल गराइरहेको बताइन्छ । करको दर हेरफेरबारे सरकारले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने प्रतिपक्षी दलहरुको अडान छ । राप्रपाले सोमबारको बैठकमा कर हेरफेर घटनामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने, अन्यथा बैठक चल्न नदिने चेतावनी दिएको थियो ।
सरकारले भने दक्ष व्यक्तिलाई टाइप गर्न मात्र दिइएको, करको कुनै दर हेरफेर नगरेको अडान राखेको छ । उसले बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको मात्र जवाफ दिने बताएपछि सहमतिको बाटो खोजी भइरहेको स्रोतले जनायो ।
नागरिकता विधेयक प्रमाणिकरण र प्रधानमन्त्री भारत भ्रमणका विषयमा प्रतिपक्षी दलहरुले जवाफ माग गर्दै सोमबार बैठक पटकपटक अवरोध पुर्याएका थिए । आजको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने सचिवालयको कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
सयको नोटमा डिजाइन परिवर्तन गरेर चुच्चे नक्सा राखिने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार