सानिमा जीआईसी इन्स्योरेन्सको साधारणसभा बस्दै
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:३:३७
२४ जेठ, काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको पाँचौं वार्षिक साधारणसभा ३२ जेठमा बस्ने भएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ ।
आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ । कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका शेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले १२ जेठमा बुक क्लोज गरिसकेको छ ।
११ जेठसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार