कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेका विद्यालयलाई महानगरले दियाे यस्ताे चेतावनी
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १७:४३:१४
२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनैपनि प्रक्रिया सुरु नगर्न महानगरभित्रका विद्यालयलाई पत्रचार गरेको छ ।
केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरका शिक्षा अधिकारी सिताराम कोइरालाले बुधबार एक परिपत्र जारी गर्दै एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि पक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई परिपत्र गरेका हुन् ।
‘माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्ना सम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ’ परिपत्रमा उल्लेख छ ।
गत चैतमा लिएको एसईई परीक्षाको नतिजा असारको पहिलो हप्तामा आउने ठानिएको छ । तर त्यस अगावै केएमसी, युनिग्लोब लगायतले ११ कक्षामा भर्ना प्रक्रिया सुरु गरेपछि महानगरले चेतावनीपूर्व परिपत्र गरेको हो ।
यस्तो छ परिपत्र:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुरीबतासले विद्यालयको छाना उडाएपछि पठनपाठनमा समस्या
जेठ ३, २०८१ बिहिबार
‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार