गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार ११:१७:२२
२५ जेठ, काठमाडौं । काभ्रेमा कार्यरत एक डीएसपीलाई हिरासतमा रहेका व्यक्तिमाथि कुटपिट गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी नायव उपरीक्षक ’डीएसपी’ रेशम बोहोराले गुण्डा नाइकेसँग मिलेर उनले हिरासतभित्र रहेका व्यक्तिलाई कुटपिट गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द पुरूष ढकालले डीएसपी बोहोरालाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बोलाएर स्पष्टीकरण लिसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार आफू मातहतका इन्स्पेक्टर प्रकाश पौडेललाई खटाएर उनले बन्दीहरूलाई निर्घात कुटपिट गराएको पीडितहरुले बताएका छन् । हिरासतभित्रै कुटिएका घाइते बन्दीलाई उपचारका लागि शिर मेमोरियल हस्पिटलमा भर्ना गरेर उपचार गरिएको थियो ।
केही समयअघि बनेपाको रोयल लन्च बारमा शुक्र लामाको समूह र युवाहरूबीच भएको सामान्य झडपलाई लिएर प्रहरीले काली कुमार लामा, दीपेन्द्र नेपाली, रमेश शाही ठकुरी, दीपेन्द्र नेपाली, मनोज लामा र विजयी लामालाई पक्राउ गरेको र पक्राउ गरेका युवाहरूलाई लामासँग मिलेर कुटपिट गरेका थिए ।
‘प्रहरीले गुण्डा सँग मिलेर कुटपिट गरे’, स्रोतले भन्यो । सामान्य झडपमा शुक्र लामाको सेटिङमा आफ्ना आफन्तलाई मात्रै एकतर्फी पक्रेर ज्यान मार्ने उद्योगको मुद्दा चलाउन खोजेको र मुद्दा ठहर नहुने भएपछि प्रहरी लगाएर कुटपिट गरेको हिरासतमा रहेका व्यक्तिका आफन्तहरूले जनाएका छन् ।
स्रोतका अनुसार डीएसपी बोहोरालाई केही राजनीतिक दलका नेताहरूले दबाब दिएपछि हिरासतमा रहेका व्यक्तिलाई आफ्नै कार्यकक्षमा बोलाएर कुट्न निर्देशन दिएका थिए । सो विषयमा एसपी जोशीले छानविन गर्ने जनाए पनि उनलाई सामान्य सोधपुछ मात्रै गरेर बनेपा फिर्ता गरेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी, दिनहुँ सेवनकर्ता र कारोबारी पक्राउ
बैशाख २९, २०८१ शनिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
काठमाडौंको बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या, ४ जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
कोलकोता आइपिएलको प्लेअफमा
बैशाख ३०, २०८१ आइतबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार