कांग्रेस पार्टी कार्यालय भित्रैसम्म पुग्छ वाग्मतीको दुर्गन्ध
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १५:३९:११
२५ जेठ, काठमाडौं । गर्मी बढेसँगै काठमाडौं उपत्यकाभित्र बग्ने नदीहरुको दुर्गन्ध बढेको छ । बाघ द्वारबाट उदगम भएर काठमाडौँको किनारमा बग्ने वाग्मती नदीले काठमाडौँ र ललितपुरको सीमा छुट्याएको छ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दू तथा बौद्ध धर्ममा पवित्र मानिए पनि यसको दुर्गन्धले नदीको किनारमा बस्नेहरू बढी मारमा परेका छन् ।
गर्मी सुरु भएसँगै वाग्मतीको दुर्गन्ध धेरैले महसुस गरे पनि दुर्गन्ध न्यूनीकरण गर्नेतर्फ कसैको चासो र चिन्ता नभएको स्थानीयको गुनासो छ । दुर्गन्धका कारण वाग्मती किनारमा बस्न समस्या हुने गरेको छ । टेकु र कुलेश्वरको बीचमा विष्णुमती नदी र वाग्मती नदीको दोभान छ । दुवै नदी मिसिएर बग्दा सानेपा र बल्खु आसपासका बस्ती बढी प्रभावित छन् ।
सानेपामा वाग्मती नदीको छेउमै छ नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय छ । यहाँ मन्त्रीदेखि प्रधानमन्त्रीसम्म आउने गर्छन् । पार्टी कार्यालयमा आउने सबै यतिबेला दुर्गन्धको शिकार भएका छन् । पार्टी कार्यालयका कर्मचारी देखि सुरक्षा गार्डसम्म वाग्मती नदीको दुर्गन्धले पीडित छन् । तर यो दुर्गन्ध कम गर्न सकिने उपायतिर भने कसैको ध्यान गएको छैन ।
वाग्मती नदी अन्तर्गतका अन्य पुल तथा वाग्मती करिडोरमा पैदल यात्रा गर्ने नाक मुख थुनेर हिँड्छन् । कुलेश्वरमा रहेको फलफूल बजार र बल्खु पुलको छेउमा रहेको तरकारी बजारमा दुर्गन्ध अत्यधिक बढे्को यहाँका स्थानीय बताउँछन् । थापाथली र कुलेश्वरको सुकुम्बासी वस्तीमा वर्षातको समयमा वाग्मती नदी वस्ती भित्रै पस्ने उनीहरूको भनाइ छ ।
ललितपुर उपमहानगरपालिका–२ सानेपाका ४५ वर्षीय विशाल शाहीले वाग्मती करिडोर छेउमा पसल व्यवसाय गर्न लागेको वर्षौँ बितेको भन्दै नदीको दुर्गन्ध पनि वर्षौँदेखि उस्तै रहेको बताए । उनले भने गत वर्ष डेंगु बढेका बेलामा हाम्रो पूरै परिवार सङ्क्रमित भयो । अहिले पनि बेलाबेलामा हैजालगायत सङ्क्रमित रोग देखा पर्छन् । नदीको दुर्गन्धसँग जोडिएको वर्षौँ बितेकाले बानी परिसकेको छ ।”
वाग्मती नदी किनारमा धेरै पार्क छन् । पार्कभित्र मानिस पस्छन् तर दुर्गन्धका कारण धेरै समय टिक्न सक्दैनन् । ललितपुरमा बीपी पार्क, मनमोहन पार्क र शहीद पार्क वाग्मती किनारमा छन । बीपी पार्कका इन्चार्ज सञ्जु श्रेष्ठले भने धेरै लगानी गरेर पार्क स्थापना गरियो पार्कमा मानिस आउँछन् तर दुर्गन्धका कारणले धेरै समय बस्न सक्दैनन् । उनले वाग्मती नदीको दुर्गन्धका कारण पार्कमा चहलपहल घटेको बताए ।
वाग्मती नदीको किनारमा बस्ने सुन कुमारी गुरुङले फागुन सुरु हुने बित्तिकै वाग्मतीको दुर्गन्ध सुरु हुने बताए । फागुन लागेपछि हावा चल्न थाल्छ । हावा चल्यो भने दुर्गन्ध फैलिन्छ र बस्नै गाह्रो हुन्छ । राति निन्द्रा पर्दैन । यहाँ बसेको वर्षौँ भयो तर समस्या सधैं उस्तै छ, उनले भनिन् । नदीबाट निस्कने दुर्गन्धका कारण नदी आसपासका बासिन्दालाई सास्ती भइरहेको छ । वाग्मतीबाट निस्कने दुर्गन्धको असर कति छ भन्ने कुरा त हामीलाई थाह छ । वाग्मतीमा ढल मिसाउनेलाई थाहा छैन, स्थानीयले गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार