महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम कमर्सियल बैंकलाई
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १३:६:३१
२६ जेठ, काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । २२ जेठमा सम्पन्न प्रतियोगितामा माछापुच्छ्रे बैंकलाई पराजित गर्दै प्राइम कमर्सियल बैंकले उपाधि जितेको छ । हारसँग माछापुच्छ्रे बैंकले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
इमाडोलस्थित बलपार्क इन्डोरमा २० जेठदेखि सञ्चालित लिगमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा एनआईसी एसिया बैंकका सञ्जय गिरी उत्कृष्ट फिल्डर, एनआईसी एसियाकै रितेश अधिकारी उत्कृष्ट विकेट किपर, कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा उत्कृष्ट बलर, कामना सेवा विकास बैंककै शमिर थापा क्षेत्री उत्कृष्ट ब्याट्सम्यान, प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्य उत्कृष्ट खेलाडी घोषित भए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले विजेता एवम् उपविजेता टिम, विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई संयुक्त रुपमा ट्रफी तथा मेडल प्रदान गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै मिश्रले यस क्रिकेट लिग लगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरु बीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरुलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरुलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मद्दत पुग्ने बताए ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरुले कर्मचारीहरुमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई उनले धन्यवाद समेत दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने
जेठ ४, २०८१ शुक्रबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार