कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १८:१२:३१
२६ जेठ, वालिङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।
स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते हुनुभएको र उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ–५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ–५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
मकवानपुरको ठिंगनमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार