फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:१६:४
२८ जेठ, मनिला । फिलिपिन्समा ज्वालामुखी बिष्फोटले आपतकालिन घोषणा गर्दै हजारौंलाई अन्यत्र सारिएको छ । फिलिपिन्सको उत्तरपूर्वी अल्बे प्रान्तमा रहेको मेयोन ज्वालामुखी क्रेटरबाट ६ हजारभन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो ।
अधिकारीहरुका अनुसार आउने ज्वालामुखी बिष्फोट पछि हुने धुलोँको मुस्लोले मानिसहरुलाई खतरा निम्त्याउन सक्ने भएकाले खतरा क्षेत्रबाट थप हजारौं मानिसलाई स्थायी रुपमा बाहिर निकाल्नु पर्ने हुन सक्ने प्रहरी अधिकारीहरुले जनाएका छन् । टाइफून गुचोल क्षेत्रवाट धुलोको आँधी प्रशान्त महासागरबाट फिलिपिन्सतर्फ बढिरहेको उल्लेख गर्दै मेयोनको ढलान नजिक बस्नेहरूका लागि नराम्रो खबर हुन सक्ने भन्दै पुर्वसुचित गरिएको छ ।
ज्वालामुखीको परिधिमा बसोबास गर्ने मानिसहरूलाई बाहिर निकालेर शिविरमा पठाइएको थियो । गत शुक्रबार नै आपतकालिन अवस्था घोषणा गरेर उनीहरुलाई बाहिर निकालिएको हो । जसकाकारण, विनाशकारी विस्फोटको घटनामा आपतकालीन कोषको द्रुत वितरणलाई सहज बनाउन सकियोस भनेर सो कदम चालिएको थियो ।
सुरक्षा अधिकारीहरूले बिहीबार ज्वालामुखीको चेतावनी स्तर बढाएका छन् किनभने यसको सतह मुनि ग्यास, ढुङ्गा र मलबेको अत्यधिक तातो धारहरू रहेका छन, जसका गतिविधि आगामी दिन वा हप्ताहरूमा खतरनाक विस्फोटन हुन सक्ने भन्दै पुर्व सुचना जारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार