अरुण भ्याली हाइड्रोपावरको बुक क्लोज कहिले ?
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १२:५१:१५
२९ जेठ, काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको असार ७ गते विशेष साधारण सभा बस्ने भएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।
विशेष सभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्नेछ । सोमबारसम्म कायम शेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।
यस्तै, हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ ।
हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रूपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक शेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।
यस्तै, अरु बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरिभर फल्स पावरको सभा आज बस्दै, के-के छन् एजेण्डा ?
बैशाख २०, २०८१ बिहिबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार
पिपुल्स पावरको साधारणसभा आज, मुख्य एजेण्डा के हो ?
बैशाख १७, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार