प्रचण्ड-बाबुरामविरुद्धको रिट निवेदनमा कारण देखाउ आदेश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १७:३६:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/SUpreme_pra-babu-lenin_h5bmw1rMa3_9LWMiXNKWM.png)
३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध परेको रिटमा सर्वौच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि रिट निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश दिन नपर्ने भए आधार र प्रमाणसहित कारण पेश गर्न प्रचण्ड र बाबुरामको नाममा आदेश दिएको हो । रिटलाई रिटलाई अग्राधिकार दिने आदेश समेत भएको छ ।
तत्कालीन माओवादीका बाल सैनिक काभ्रेका लेनिन विष्टसमेतले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध जेठ २८ गते रिट दर्ता गराएका थिए ।
उनीहरुले आफूहरुलाई बालक उमेरमा युद्धमा हिँडाएर जोखिमयुक्त तवरले युद्धका सामान बोक्न, शत्रु पक्षको सूचना लिन तथा युद्ध सामागी ढुवानीका काममा लगाएर बाल अधिकारको उल्लंघन गरेको कसुरमा कारवाही हुनुपर्ने र न्याय र क्षतिपूर्ति पाउनुपर्ने मागदाबी गरेका छन् । तत्कालीन सामन्ती राजतन्त्र विस्थापित गराउन २०५२ फागुन १ गतेदेखि १० वर्षसम्म माओवादीले सशस्त्र संघर्ष (जनयुद्ध) चलाएको थियो ।
साे जनयुद्धमा राज्य र विद्राेही पक्षबाट करिब १७ हजार नागरिकले ज्यान गुमाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यास नगरपालिका प्रमुखको पुनः मतगणना स्थगित
जेठ ३२, २०८१ शुक्रबार
कोशी सरकारविरुद्धको रिटमा बिहीबार सकिएन सुनुवाइ
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार