हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु, २६ बेपत्ता
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १३:४:२६
७ असार, काठमाडौं । संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ ।
समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी सो जानकारी गराएको हो । क्षतिको अन्य तथ्याङ्क आउन बाँकी रहेको उनले बताए ।
उनले बाढी, पहिरो, प्राकृतिक विपत, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट गरे । अघिल्लो आर्थिक वर्ष करिब रु एक अर्ब १५ करोड बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उनले सो बैठकमा जानकारी दिए ।
प्राकृतिक प्रकोप र त्यसले पुर्याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रति कार्य र पुनः लाभ तयारीलगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले मन्त्रालयको तर्फबाट धारणा राख्ने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार