युनिभर्स नेपाल २०२३ सृष्टि र जोया
नेपालबहस संवाददाता
असार ९, २०८० शनिबार १८:९:५१
९ असार, काठमाडौं । दुबईमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ मा नेपालको तर्फबाट बिभिन्न ५ ब्यक्ति सहभागी हुने भएका छन् । अवार्डमा निर्णायक, प्रतियोगी र नोमिनिज गरेर तीन बिधाका लागि ५ ब्यक्ति सहभागी हुन लागेका हुन् ।
प्रतियोगितामा ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ सृष्टि महर्जन र ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ जोया बुढाथोकी अवार्डमा प्रतियोगिताको रुपमा सहभागी हुने भएका छन्, भने फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र ब्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ अवार्डको नोमिनिजका रुपमा सहभागी हुनेछन् ।
त्यस्तै ग्रीन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ निर्णायकको रुपमा सहभागी हुने भएकी छिन् । असार २० (५जुलाई)मा आयोजना हुने उक्त अवार्डमा सबै ब्यक्ति ग्रिनआर्ट मिडियाको तर्फबाट सहभागी हुन लागेका हुन् । अवार्डमा दुई दर्जनबढी देशका प्रतिनिधिको सहभागीता रहनेछ ।
मिडियाले शुक्रबार बत्तिसपुतलीस्थित स्ट्याण्ड लञ्च एण्ड बारमा आयोजित एक कार्यक्रमबीच दुबईको कार्यक्रम र सहभागीको बारेमा जानकारी गराएको हो । कार्यक्रममा मिडियाले जोया बुढाथोकीलाई ‘मिसेस स्टार युनिभर्स नेपाल २०२३’ र सृष्टि महर्जनलाई ‘मिस स्टार युनिभर्स नेपाल २०२३’को ताज सहित प्रतियोगीतामा सफलताको लागि शुभकामना दिएको थियो ।
कार्यक्रममा ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड’को बिभिन्न बिधामा नेपालको प्रतिनिधित्व हुन नेपालको लागि गौरवको बिषय भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार
‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा
बैशाख १६, २०८१ आइतबार
एलन मस्क बेइजिङमा
बैशाख १६, २०८१ आइतबार
अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाटै प्रवेश पास पाइने !
बैशाख १६, २०८१ आइतबार
‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ ’
बैशाख १६, २०८१ आइतबार