तास्मानियामा हेरिटेज अफ फेसन सम्पन्न
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १६:३५:३९
११ असार, काठमाडौं । अष्ट्रेलियाको तास्मानियास्थित होबार्टमा ‘हेरिटेज अफ फेसन’ सम्पन्न भएको छ । आसाप इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रममा स्थानीय संसददेखि मेयरसम्मको उपस्थिति रहेको थियो । तास्मानिया संस्करणमा तास्मानिया राज्यसभाकी सांसद एला हद्दाद, क्लेरेन्स सिटी काउन्सीलका मेयर ब्रेन्डन ब्लोम, एल्डरम्यान लुइस ब्लूमफिल्ड, पल डेनियल र होबार्ट काउन्सिलका सिआर जोन केलीको उपस्थिति रहेको थियो ।
यस्तै नेपालबाट फेसन शोमा सहभागी हुन संचारकर्मी विवेक खतिवडा, शो कोरियोग्राफर मुस्कान रानी र ड्रेस डिजाइनर अमितेष कर्ण र इन्द्रा लक्ष्मी अचाजु अष्ट्रेलिया पुगेका थिए ।
संस्थाका अध्यक्ष तथा निर्माता सन्तोष अधिकारीले तास्मानियामा नेपाली समुदायको यो पहिलो कार्यक्रम भएको बताए । ‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा नेपाललगायत विभिन्न देशका कलाकार तथा मोडलले नेपाली फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्याम्प नापेका थिए ।
‘हेरिटेज अफ फेसन अस्ट्रेलिया’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै नेपाल र अष्ट्रेलियाका शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ ।
परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजकको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा होबार्टवासी नेपाली सहभागी भएको निर्देशक अधिकारीले बताए । नेपाल र सिड्नीमा हेरिटेज अफ फेसन अस्ट्रेलिया सफलता पूर्वक सम्पन्न भैसकेको छ । निर्माता अधिकारी अहिले दुई सिनेमा ‘एयुडी’ र ‘चित्रा’को प्रि–पोडक्सनमा समेत व्यस्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार
सर्लाहीमा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने
बैशाख १६, २०८१ आइतबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अञ्जान शाक्यले लिइन राष्ट्रिय सभा सदस्यको शपथ
बैशाख १६, २०८१ आइतबार
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
मधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार