सुडान कू : कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी सडकमा
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १२:५१:४१
एजेन्सी । सुडानमा नयाँ सैन्य परिषद्ले लगाएको कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी राजधानी खार्तुमको सडकमा बसिरहेका छन्।
लामो समय सत्तामा रहेका राष्ट्रपति ओमार अल-बशीरलाई महिनौँदेखिको सडक प्रदर्शनपछि पदच्युत गरी बिहीवार पक्राउ गरिएको थियो।तर प्रदर्शनकारीहरूले सैन्य परिषद् उक्त सत्ताको हिस्सा रहेको बताएका छन्। पछिल्लो उल्लङ्घनले प्रदर्शनकारी र सेनाबीच हिंसात्मक मुठभेड हुनसक्ने आशङ्काहरू जन्माएको छ।
बीबीसी विश्व सेवाका अफ्रिका सम्पादक विल रोसका अनुसार, सुरक्षा फौजका विभिन्न निकाय र मिलिसियाले नै आफ्ना बन्दुक एकअर्कातर्फ तेर्स्याउलान् भन्ने चाहिँ साँच्चैको खतरा हो। संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घ दुवैले संयमित हुन आह्वान गरेका छन्।
७५ वर्षीया बशीर पक्राउ परेको समाचारको खुसियाली धेरै बेर टिक्न सकेन जब प्रदर्शनका आयोजकले सैन्य मुख्यालयबाहिरको धर्ना जारी राख्न आह्वान गरे। सरकारी सञ्चारमाध्यमले देखाएको एउटा आधिकारिक विज्ञप्तिमा कर्फ्यू स्थानीय समय अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म लागु हुनेछ।
‘आफ्नो सुरक्षाका लागि त्यसैअनुसार कदम चाल्न नागरिकहरूलाई सुझाइएको छ,’ विज्ञप्तिमा थप भनिएको छस् ‘सशस्त्र फौज र सुरक्षा परिषद्ले शान्ति र सुरक्षा कायम गर्न र नागरिकको रोजीरोटीको संरक्षणको ख्याल गर्न आफ्नो कर्तव्य निर्वाह गर्नेछ।’
खार्तुमका सडकमा मानिसहरूको भीडले झण्डा फहराउँदै फेरि सत्ता छाड्न ठूलो ठूलो स्वरमा नारा लगाइरहेका छन्।यसअघि पनि उनीहरूले अल-बशीर विरोधी नारा लगाउँदै ‘सत्ता छोड !’ भन्ने नारा लगाएका थिए।
बशीरलाई सुडानको पश्चिमी डार्फर क्षेत्रमा मानवता विरुद्धको अपराध र युद्ध अपराध गराएको आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अन्तर्राष्ट्रिय पक्राउपूर्जी जारी गरेको थियो। उनी हिरासतमा रहेकाले अब उनीमाथि के हुन्छ भन्ने स्पष्ट छैन।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार