चेक रिपब्लिकको एनआरएनए अध्यक्षमा एञ्जिला सिंह थापा क्षत्रीको उम्मेदवारी घोषणा
नेपालबहस संवाददाता
असार १७, २०८० आइतबार १२:३६:१६
१७ असार, चेक गणतन्त्र । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चेक रिपब्लिकको अध्यक्षमा एञ्जिला सिंह क्षेत्री थापाले उम्मेदवारी घोषणा गरेकी छन् । आगामी १६ जुलाइमा हुन गइरहेको चेक रिपब्लिक एनआरएनएको निर्वाचनमा हाल वरिष्ठ उपाध्यक्ष रहेकी एन्जिला थापा क्षत्रीले आफ्नो बलियो उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनले लामो समयदेखि विभिन्न पदमा बसी एआरएनएको हरेक गतिविधिमा सक्रियतापुर्वक उच्च मनोबलका साथ काम गर्दै आइरहेकी छन् । एनआरएनए जस्तो विशुद्ध सामाजिक संस्थालाई कुनै विचार, वाद, वर्ग वा सीमित पक्षको पक्षपोषण नगरी सबै वर्गको समान पहुँच र काम गर्ने थलोको रुपमा विकास गर्ने प्रतिबद्धताका साथ आफूले अध्यक्षमा मेरो उम्मेदवारी घोषणा गरेको नेपालबहसलाई बताइन् ।
“स्वतन्त्र र राजनीतिक गुट बिना कोही पनि एनआरएनको नेतृत्व लिन सक्दैन भन्ने ठुलाबडा साहु महाजनको आडम्बर विरुद्ध नै मेरो अध्यक्षमा उम्मेदवारी हो,” उनले भनिन् । “नेपालीको लागि नेपाली” भन्ने नारालाई सार्थक पार्न, संस्थाको गुमेको गरिमालाई फर्काउन तथा गैर आवासीय नेपाली संघ एक गैर राजनीतिक, स्वतन्त्र अनि विशुद्ध परोपकारी साझा संस्था निर्माणको लागि” आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएका एञ्जिलाले बताइन।
एउटा महिलाको नाताले घरको काम र सामाजिक सेवामा संलग्न हुनु आफैंमा चुनौतीपूर्ण रहेको बताउँदै उनले भनिन, पुरुष सहकर्मी साथीहरूसँग हातेमालो गर्दै अहोरात्र खटी चेक गणतन्त्रमा बसोवास गर्ने गैर आवासीय नेपालीहरूको सुरक्षा, हक अधिकार संरक्षणमा काम गर्दै आइरहेकोले अध्यक्षमा निर्वाचित भएपछि आफ्नो तर्फबाट उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
आधा आकाश ढाकेका महिलाहरू जहिले पनि पुरुष कै नेतृत्वमा बस्नु पर्छ, महिलाहरू नेतृत्व लिन सक्षम हुन्न भन्ने परम्परागत मान्यतालाई भत्काउँदै महिला पनि पुरुष सरह नै काम गर्न सक्छन् भन्ने उदाहरण पेश गर्नु आफ्नो उद्देश्य रहेको उनको भनाई छ ।
"आशा छ, विगतमा झैँ मेरो सक्रियतालाई उच्च मुल्यांकन गर्दै सम्पूर्ण चेकबासीकै माया, स्नेह, आशीर्वाद दिनु हुनेछ । अग्रजहरूबाट प्रेरणा, सल्लाह सुझावको अपेक्षा राख्दै हजुरहरु सबैको रचनात्मक सुझाव प्राप्त हुने नै छ भन्ने विश्वास लिदै म आफ्नो काम कर्तव्य, निष्ठापुर्वक, इमान्दारिता र लगनका साथ संस्थालाई परोपकारी संस्थाको रुपमा संचालन गर्ने वचनबद्धता व्यक्त गर्दछु।" उनले भनिन् ।
उनले २०१९–२०२१ मा महिला उपाध्यक्ष तथा २०२१–२०२३ मा वरिष्ठ उपाध्यक्ष भएर लगातार दुई कार्यकाल प्रशंसनीय काम गर्दै आएकी छन् । विभिन्न गुट-उपगुट एवं आ-आफ्ना स्वार्थ समूहहरूबाट संस्थालाई जोगाउन र आत्मसम्मान र गरिमालाई बचाउन सबैलाई एकताबद्ध गर्ने पुलको भूमिका निर्वाह गर्दै आइरहेकोले गत कार्यकालमा अध्यक्ष बन्ने प्रस्ताव आउँदा पनि आफू नभै बरु इच्छुक साथीहरूलाई नै सपोर्ट गरेको उनले बताइन् ।
एनआरएनएका साथीहरूको विभिन्न समूहले एकले अर्कालाई स्वीकार्न नै नसक्ने अवस्थामा आफूले भूमिका खेलेको बताउँदै उनले संस्थामा व्यक्ति विशेष सर्वेसर्वा नभइ कार्यसमितिका सबै साथीहरूको सामूहिक सहभागिता तथा निर्णय एवं तल्लो निकायको राय, सुझावलाई माथिल्लो तहबाट कार्यान्वयन गर्ने वातावरणको निर्माण आफ्नो चाहना रहेको उनले सुनाइन ।
त्यसैले आफू मात्र निर्विकल्प उम्मेदवार रहेको दावी गर्दै उनले आफूमा कुनै स्वार्थ, लोभ लालच, राजनीतिक संलग्नता नरहेकोले अरू भन्दा अझ राम्रो काम गर्न सक्छु भन्ने आफूमा विश्वास पलाएको बताइन । आफू अध्यक्षमा निर्वाचित भएमा सबैले स्वयं आफू नै अध्यक्ष भएको महशुस हुने गरि काम गर्ने उत्कृष्ट चाहना भएकोले आफू बलियो उम्मेदवार रहेको र जीत निश्चित रहेको उनको दावी छ ।
अध्यक्षमा प्रत्यासी एञ्जिलाका लक्ष्य तथा कार्यक्रमहरुः
१) विद्यार्थी, कामदार, रोजगारीको समस्या, रोजगारी परिवर्तन साथै कानुनी परामर्श प्रदान गर्ने गरि निःशुल्क परामर्श केन्द्र स्थापना गर्न पहल गर्ने ।
२) नेपाली बालबालिकालाई ग्रीष्मकालीन बिदाको बेला नेपाल, नेपाली कला संस्कृति, भाषा, रहनसहनको बारेमा पाठशाला संचालन गर्ने ।
३) संस्थालाई कुनै विचार, वाद, वर्ग वा सीमित पक्षको पक्षपोषण नगरी सबै वर्गको काम गर्ने थलोको रुपमा विकास गर्ने ।
४) विगतदेखि अहिलेसम्म सक्रिय रुपमा सहभागी आम नेपालीहरूलाई संस्था प्रति आकर्षण तथा अपनत्व ग्रहण गर्ने वातावरण बनाउने ।
५) सबै जात जाति, भाषाभाषी, प्रवासी नेपालीको साझा संस्था निर्माण गर्ने ।
६) एनआरएनको आफ्नै कार्यालय भवन वा भाडामा स्थापना गर्दै इच्छुक स्वयंसेवक साथीहरूलाई राखी आकस्मिक सेवा प्रदान गर्नेछु ।
७) नेपाली पर्यटनको प्रबर्द्धन एवं विकासको लागि चेक समुदायसँग सहकार्य गर्दै चेक सरकार सँग समन्वयको प्रयास गर्नेछु साथै नेपालको अवैतनिक महावाणिज्य दुतावास स्थापना गर्ने पहल गर्ने।
८) चेकमा नेपाली राजदूतावास वा सम्पर्क कार्यालयको स्थापनाको लागि नेपाल सरकारसँग अनुरोध गरिने छ जसबाट बेला बेलामा घुम्ती टोलीकाे लागि राजदूतावाससँग सहकार्य गरि हाम्रा सानातिना काम जस्तै जन्मदर्ता, वारिसनामा, विवाह दर्ता , पासपोर्ट नवीकरण यहीबाट सम्पादन गर्न पहल गर्ने ।
९) नेपाली व्यवसायीहरूको समस्या समाधानको लागि व्यावसायिक एक्स्पर्टहरुकाे टीम गठन गर्ने जसबाट सानातिना कठिनाइको परामर्श प्रदान गर्ने।
१०) चेकबासी महिला वर्गको सशक्तीकरण तथा नेतृत्व विकासको लागि अभिमुखीकरण कार्यक्रम तथा अन्यायमा परेका महिलाहरूलाई निःशुल्क न्याय तथा कानुनी परामर्श प्रदान गर्न महिला मैत्री डेस्क स्थापना गर्ने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार