‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ छानिने
नेपालबहस संवाददाता
असार १८, २०८० सोमबार १३:३७:१२
१८ असार, काठमाडौं । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ आयोजना हुने भएको छ । सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रबर्द्धनका लागि प्रारम्भ भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट प्रतियोगी चयन गर्ने उदेस्यले यो प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताको उपाधि विजेता मिस तथा मिसेस् दुवै जनाले ईप्लानेट सिंगापुरको आयोजनामा आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा संचालन हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को नेपालमा आयोजना ग्रीन आर्टस् मिडिया प्रा.लिले गर्न लागेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ‘हेरिटेज पेजेन्टस्’का आयोजक संस्था ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले ग्रीन आर्टस् मिडियाकी अनिला श्रेष्ठलाई प्रतियोगिताको लागि आधिकारिता प्रदान गर्दै आयोजनाका लागि आधिकारिक प्रमाण पत्र दिए । ईप्लानेटले फेसन कोरियोग्राफर समेत रहेकी अनिला श्रेष्ठलाई प्रतियोगिताका लागि नेपालका राष्ट्रिय निर्देशक समेत चयन गरेको छ ।
यसअघि आधिकारिक कार्यक्रमको आयोजना नगरी अडिसनबाट ‘हेरिटेज पेजेन्टस्’का लागि प्रतियोगीहरु छनौट गरि लैजाने गरिएकोमा अबदेखि कार्यक्रम सहित प्रतियोगी चून्न लागेको हो । सन् २०१६देखि नियमित नेपालको सहभागीता रहँदै आएको कार्यक्रममा गतवर्ष अर्थात २०२२ मा माग्रीन आर्टस् मिडिया मार्फत् परिन्दा परि श्रेष्ठले मिसेस् हेरिटेज नेपाल र परिसा रानाभाटले मिस हेरिटेज नेपालको रुपमा नेपालको तर्फबाट सहभागिता जनाएका थिए । जसमा परिन्दाले मिसेस् एलिगेन्स र परिसाले मिस मल्टिमिडियाको उपाधि नेपाल भित्र्याएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार