सिन्धुलीमा भएको माइक्रो दुर्घटनामा ३ जना घाइते, एकको अवस्था गम्भीर
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १८:८:३२
१९ असार, सिन्धुली । मंगलबार सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि छुटेको ना१ज ८८८७ नं. को माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खोज चोकमा आज दिउँसो दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् ।
घाइते हुनेमा गणेशनाथ चारनाथ नगरपालिका–५ धनुषाका ३८ वर्षीया सितादेवी साफी, सोही ठाउँका वर्ष ३५ वर्षीय हरिदेव साफी र २१ वर्षीय शिवकुमार साफी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये सितादेवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । घाइतेको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ । माइक्रो बसमा १२ जना सवार रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार