अबदेखि आयातित सामानमा पैठारीकर्ता र वितरकको पूर्ण विवरणसहितका ‘लेबल’ अनिवार्य
नेपालबहस संवाददाता
असार २२, २०८० शुक्रबार १६:२०:३५
२२ असार, काठमाडौं । आगामी साउनदेखि उपभेक्तासम्म आइपुग्ने हरेक आयातित वस्तुमा आयातकर्ता र बजार वितरकको ‘लेबल’ अनिवार्य राख्नु पर्ने भएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै लेबल अनिवार्य राख्नुपर्नेबारे ८ बुँदे निर्देशन जारी गरेको छ ।
आर्थिक ऐन २०८० को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ ले यस्तो प्रावधान गरेको थियो । साेही प्रावधानलाई कार्यान्वयन गर्न भन्सार विभागले सम्पूर्ण पैठारीकर्ता र बजार वितरकलाई सूचित गरेको हाे ।
नेपाली बजारमा आउने उपभोगीय हरेक वस्तुको प्याकिङमा उत्पादन भएको मुलुक, कम्पनी र यसको वितरकको पूर्ण विवरण स्पष्ट उल्लेख गरी लेबल राख्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ । लेबलमा वस्तुको तौल, प्रकृति, आकार तथा नाम, ठेगाना, इमेल ठेगाना र वेवसाइट र एक्जिम कोड समावेश हुनुपर्ने व्यवस्था गरिएको छ ।
विवरणसहित लेबल नभएका वस्तु बजारमा बिक्री वितरण भएमा त्यस्ता वस्तु जफत हुने विभागले स्पष्ट पारेको छ । उद्योगको कच्चा पदार्थका रुपमा पैठारी हुने मालवस्तु, औद्योगिक मेसिनरी तथा उपकरण र निर्माण कार्यमा प्रयोग हुने संरचना जस्ता वस्तुमा भने लेबल आवश्यक नपर्ने विभागले जनाएको छ ।
तर उपभोक्तामा प्रत्यक्ष रुपमा बिक्री वितरण हुने सबै प्रकारका माल वस्तुमा लेबल सरकारले अनिवार्य गर्दै आइरहेको छ । लेबल अंग्रेजी वा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले आगामी आवदेखि खाद्य वस्तुमा हुँदै आएको आयातलाई निरुत्साहित तुल्याउने नीति लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा कमी
जेठ ११, २०८१ शुक्रबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
जेठ १३, २०८१ आइतबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार