सहमति नबनाइ संसद बैठक राख्दा दिनहु तमासा
नेपालबहस संवाददाता
असार २४, २०८० आइतबार ११:३७:२
२४ असार, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दलीय सहमति कायम गरेर मात्र संसद बैठक बोलाउने भनेपनि दैनिक बैठक आह्वान गर्दै आएका छन् । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने योजना बनाएको छ ।
सभामुख घिमिरेले दलका नेता र प्रमुख सचेतकसँग छलफल गरेपनि सहमति भएको छैन् । एमालेले अवरोध गर्दा दैनिक डाकिएका राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक अवरुद्ध हुँदै आएका छन् । सभामुख अहिले पनि सहमतिकै प्रयासमा छन् । सभामुखले छलफल सुरु गर्नुभन्दा अघिनै एमालेले संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । विहान साढे ११ बजे बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भइसकेको छ भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने एमाले अडान कायमै रहेकाले आज पनि विरोध जारी रहेने बताएका छन् ।
प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शुक्रवारको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
यसै गरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रिय सभामा उत्पति भएको ‘मुलकी संहिता संबन्धी केही नेपाल ऐन संशोधन गर्ने विद्येयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । तर, बैठक नचल्ने निश्चित भइसकेको छ ।
सरदार प्रितम सिंहको बारेमा उनकी छोरी दीप सन्धुले लेखेको ‘रोड्स टु द भ्याली’ पुस्तकको यही असार १८ गते काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रितम सिंहको प्रशंसा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई एकपटक प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको बताएका थिए ।
त्यसयता एमालेले संघीय संसदका दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोध कायम रहने भएपछि गत शुक्रबार तय भएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार