चैते धानखेती गरेका किसान बाली भित्र्याउने तयारीमा
नेपालबहस संवाददाता
असार २५, २०८० सोमबार १३:४३:२८
२५ असार, घोराही । दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसान भने धानबाली भित्र्याउने तयारीमा छन् । वर्षमा चैते र बर्खे गरी दुई बाली धानखेती गर्ने किसान अहिले चैते धान भित्र्याउने तयारीमा छन् ।
चैते धान खेतमा पाक्न थालेसँगै किसान अब भित्र्याउने तयारीमा जुटेको बङ्गलाचुली गाउँपालिका–३ मूलाबारीका किसान कृष्णबहादुर नेपालीले बताए । पहिले रोपेको धान पाक्न थालेको र बर्खे खेतीका लागि खेत तयार गर्नुपर्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा जुटेको उनले बताए । नेपालीले भने, “चैतको अन्तिम सातातिर रोपेको धान पाक्न थालिसकेको छ, तर वैशाखमा रोपेको धान अझै पाकेको छैन, असारको अन्तिमसम्म पाक्ने भएकाले किसान चैते धान भित्र्याउने तयारीमा छन् ।”
पाँच रोपनी जग्गामा चैते धानखेती गरेका नेपालीले यस वर्ष लामो समयसम्म खडेरी परे पनि धानमा कुनै रोग नदेखिएको र बाला पनि राम्रै लागेकाले उत्पादन बढ्ने आशा रहेको बताए । उनले भने, “आकाशबाट पानी नआए पनि सिँचाइको समस्या भएन, धानको बाला राम्रो लागेको छ ।”
विगतका वर्षभन्दा यस वर्ष चैते धान राम्रो रहेको मूलाबारीकै किसान भुमा घर्तीले बताए । समयमै धान खेतीसँगै मल र पानी पाइरहेकाले धानबाली राम्रो भएको घर्तीको भनार्इ छ । “‘धानले समयमै मल र सिँचाइ पाइरहेकाले राम्रो छ, उत्पादन बढ्ने आशा पनि छ”, उनले भने ।
राजपुर गाउँपालिका–३ का किसान देवबहादुर पुनले पनि चैते धान यसपाली राम्रो फलेको भए पनि भित्र्याउने समयमा पानी परिरहेकाले समस्या भएको बताए । घरमा आर्थिकोपार्जनमा चैते धानले निकै सहयोग पु¥याउने भए पनि यो समयमा भित्र्याउन समस्या हुने गरेको उनको भनाइ छ ।
केहीवर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहनस्वरूप बीउ निःशुल्क दिनेदेखि सिँचाइका लागि कुलो मर्मतलगायतका काम गरे पनि पछिल्लो समयमा सहयोग नगरेको किसान बताउँछन् । घोराही उपमहानगरपालिका– १ को सुकाखोला र बङ्गलाचुली गाउँपालिका–३, ४ र ८ अन्तर्गत पर्ने गहतेरा, मूलाबारीलगायत विभिन्न ठाउँमा र देउखुरीका केही क्षेत्रमा समेत चैते धानखेती हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा करिब दुई हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको छ । पछिल्लो समयमा सिँचाइ र मलको अभाव, बर्षात्मा धान भित्र्याउन समस्या हुने भएकाले चैते धानखेती घट्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार