प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिको समवेदना सन्देश
नेपालबहस संवाददाता
असार २९, २०८० शुक्रबार १०:५३:५२
२९ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शीता दाहालको शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलको समवेदना सन्देश लिएर आफूहरु राष्ट्रपति कार्यालयका पदाधिकारीसहित राष्ट्रपति पौडेलका परिवारका सदस्यहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकार दिए ।
राष्ट्रपति पौडेलको सन्देश राष्ट्रपति कार्यालयका सचिव डिल्लीराज शर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका थिए । प्रचण्ड पत्नी सीता दाहालको बुधबार निधनमा भएको थियो । सशस्त्र संघर्ष र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरूमा सीताको भूमिका महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार