बैतडीमा हावाहुरी र वर्षाले मकैमा क्षति, किसान चिन्तित
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार १०:५५:५२
३१ असार, काठमाडौं । बैतडीका विभिन्न क्षेत्रहरूमा हावाहुरी र वर्षाले मकै बालीमा क्षति पुगेको छ । बैतडीका अधिकाङ्श ठाँउहरुमा मकै बालीमा क्षति पुर्याएपछि यहाँका स्थानीय किसानहरू चिन्तित बनेका छन्। घोगा लाग्ने बेला मकै बोट हावाहुरीले ढलेपछि किसानहरू चिन्तित बनेका हुन् ।
किसानहरुले मेहनत गरेर लगाएको मकै घोगा लाग्ने बेला सबै हावाहुरीले नष्ट गरेपछि चिन्ता बढेको बैतडी दोगडाकेदार गाउँपालिकाका वडा नम्बर ८ कालागाउँ पितरकाडा स्थानीय किसान बिरेन्द्र विष्टले बताएका छन् । मकैबाली ढलेर नष्ट भएपछि आफूहरूलाई निकै समस्या भएको अर्का स्थानीय किसान नरबहादुर विष्टले बताए ।
वर्षा नहुँदा सम्म किराले मकैबालीमा क्षति पुर्याएको र बर्षापछि मकै ढलेर झन् क्षति पुर्याएको उनले बताए । मकैका बोट ढलेपछी हामीलाई निकै समस्या भएको उनी बताउछन् ।
घोगा लाग्ने बेला ढलेर मकैमा क्षति पुगेको छ’, ‘जसले गर्दा उत्पादन पनि कमी हुने र भोकमरी हुने देखिएको छ ।’ हावाहुरी र वर्षाको प्रभावका साथै जंगली बदेलहरु सुंगुर, दुम्सी,स्याल बादरहरुले समेत प्रत्येक वर्ष मकैबालीमा व्यापक क्षति पुर्याउने गरेका छन्।
बैतडीमा १४ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा मकै खेती गरिँदै आएको भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुने गरेको छ । मकै उत्पादनका हिसाबले जिल्लामा राम्रो उत्पादन हुने गरेकोमा विभिन्न कारणले उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।
पछिल्लो दुई तीन वर्ष यता मकैमा फौंजी किराले नोक्सानी पुर्याउने गरेको र घोगा लाग्ने समयमा जंगली जनावरबाट समेत मकै जोगाउन निकै मुस्किल हुने गरेको स्थानीय किसानहरूले बताउँछन् । बाली बिमा नहुँदा किसानले क्षति भए पनि राहत पाउँदैनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार