एनआरएनए कतारको अध्यक्षमा रमेश भट्टद्वारा उम्मेदवारी
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार ११:२१:२२
३१ असार, कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन ।
विगत दुई दशक देखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपुर्वका डिआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ सँस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन ।
उनलाई जनप्रगतीशिल मंच कतार,जनसंपर्क समिती कतार,प्रवासी नेपाली मंच कतार,जनजाती महासंघ कतारलगाएत सँस्थाले संयुक्त उम्मेदवारको रुपमा सार्वजनिक गरेका हुन । कतारमा रहेका ठुला सबै संघ सँस्थाको समर्थन पाएपछि एनआरएनए कतारको अध्यक्षमा भट्टको पल्ला भारी देखिएको छ ।
एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन । कतारको सामाजिक धेरै संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा भट्टले शनिबार उम्मेदवारी घोषणा गरेका हुन ।
उम्मेदवारी घोषणा गर्दै भट्टले सबै कतारवासी नेपालीहरूलाई साथ,सहयोग र सहकार्यका लागी अनुरोध समेत गरेका छन । एनआरएनए कतारको अध्यक्षका उम्मेदवार भट्टले शनिबार आफ्नो प्रतिबद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुतवासको आग्रह
बैशाख २०, २०८१ बिहिबार
बेलायतमा आनी छोइङ डोल्माको लाइभ कन्सर्ट हुँदै
बैशाख १९, २०८१ बुधबार
सानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
चैत २८, २०८० बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार