माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप
नेपालबहस संवाददाता
असार ३१, २०८० आइतबार ११:४३:४५
३१ असार, काठमाडौं । सहकारी पीडितहरुले गरेको आन्दोलनका क्रममा प्रहरीले धरपकड गरेको छ । सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा ¥याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले सडकमा प्रदर्शन गरेको हो । समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने माग उठाएको छ । बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएपछि सडक पनि अवरुद्ध हुन पुगेको थियो ।
माइतीघरबाट सुरु भएको ¥याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु लामो समयदेखि आन्दोलरत छन् । सहकारपीडितले लामो समयदेखि आन्दोलन गर्दै आएा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार