प्राइम कमर्सियल बैंकको १३ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामी खुला
नेपालबहस संवाददाता
साउन ३, २०८० बुधबार १०:५४:३५
३ साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकले बुधबारदेखि १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १२० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले प्रभु क्यापिटल कमलादी, काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।
यसमा साउन १७ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेन्द्रीय बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने
बैशाख २, २०८१ आइतबार
सामाजिक सुरक्षा कोषमा ५२ अर्ब ६३ करोड रकम जम्मा, ८ अर्ब भुक्तानी
चैत २३, २०८० शुक्रबार
प्राइम बैंकका सबै ग्राहकको खाता नम्बर परिवर्तन हुँदै
भदौ २१, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार