विमानस्थल सुन तस्करीः हाकिमलाई उन्मुक्ति दिएर अधिकृत खरिदारलाई कारबाहीको सिफारिस
नेपालबहस संवाददाता
साउन ५, २०८० शुक्रबार १२:६:३५
५ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् । एक सय किलो सुन तस्करीमा सेटिङ गरेको आरोपसहित उनीहरूलाई छानविनका लागि निलम्बन गरिएको हो । भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । विभागले भन्सार अधिकृत सन्तोष चन्दसहित तीन जना कर्मचारीलाई निलम्बन गर्न लागि अर्थमा सिफारिस गरेको थियो ।
तर यति बेला विमानस्थल सत्ता गठबन्धनमा रहेको कर्मचारी र प्रहरीको कब्जामा रहेको छ । सामान्य कर्मचारीलाई निलम्बन गरेर विमानस्थलमा कार्यरत ठूला कर्मचारीहरू उम्कने दाउमा रहेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सेटिङमा महेश भट्टराई पुगेका थिए । त्यसपछि उनै शर्माको पहलमा बिगत दुई बर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल रहेका छन् ।
त्यो सुन आउँदा उनी त्यही थिए, सुन बाहिरिँदा मात्रै उनी बिदामा भएको देखिन्छ । प्रमुख अध्यागमन अधिकृतका रुपमा नेतृत्व गरिरहेका रामबन्धु सुवेदी प्रधानमन्त्री दाहालकी छोरी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको सेटिङमा त्यहाँ पुगेका हुन् । साथै पम्फा भूसालसँग अन्तन्तै निकट रहेको र रामबहादुर थापा गृहमन्त्री हुँदा सम्पूर्ण सुरक्षाको नेतृत्व गरेका डीआईजी अर्जुन चन्द ठकुरीलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पठाएका हुन् । उनी पनि त्यसदिन विदामा बसेका थिए । अर्थमन्त्री प्रकाशशरण महतले मन्त्रालय बाहिरबाट खोजेर शोभाकान्त पौडेललाई भन्सार विभागकाे महानिर्देशक बनाएका छन् ।
पर्यटनमन्त्री सुदन किराँतीले विश्वास गरेर जिम्मा दिएका प्रतापबाबु तिवारी विमानस्थल प्रमुख छन् । उनीहरू सबैलाई मिलाई सकेर मात्रै सुन बाहिर आएको देखिन्छ । त्यहाँको एक्सरे डिटेक्टर मेसिन चालू हालतमा भएपनि सुन पहिचान गर्ने अवस्थामा छैन । सो विषयलाई तस्करहरूले राम्रोसँग पहिचान गरेर मात्र त्यहाँबाट सुन बाहिर पठाएको जानकारहरुको दावी रहेको छ ।
चैतमा दर्ता भएको सो कम्पनीबाट २०२३ को मे १७ अर्थात् २०८० साल जेठको ३ गतेबाट मात्रै सामान आयात गरिएको थियो । ‘पहिलो पटक २०८० जेठ ३ गते चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट नेपालका लागि सामान पैठारी भएको देखिन्छ’, स्रोतले भन्यो । त्यति बेला सामान आयात गर्दा दाह्री काट्ने मेसिन अर्थात् सेभर आयात भएको देखिन्छ । कुल २ सय थान दाह्री काट्ने मेसिनको तौल ६६ किलोग्राम र त्यसको भन्सारमा घोषित मूल्य ४०० डलर राखिएको छ ।
त्यसको ४ दिनपछि २०२३ को मे २१ अर्थात् २०८० जेठ ७ गते सोही ट्रान्सपोर्ट कम्पनीबाट २ सय थान सेभर ४ सय डलरको मूल्याङ्कन गरेर नै सामान ल्याइएको थियो । त्यस्तै २०२३ मे २४ अर्थात् २०८० जेठ १० गते जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट ४० थान ब्रेक प्याड आयात भएको देखिन्छ । उक्त ४० थान ब्रेक प्याडको कूल तौल ३४ किलोग्राम उल्लेख गरिएको छ भने त्यसको भन्सारमा घोषित मूल्य १२० डलर राखिएको छ ।
रेडी ट्रेड प्रालिको नाममा सामान आयात गर्दा कहिले ब्रेक प्याड त कहिले दाह्री काट्ने सेभर ल्याएको पाइएको छ । ब्रेक प्याड र दाह्री काट्ने सेभर दुवै चीनबाट आयात भएको छ । २०२३ को मे २६ अर्थात् २०८० जेठ १२ गते ताइवानबाट मेकानिकल मोटरसमेत आयात भएको देखिएको छ । ताइवानको तलमुड कम्पनी लिमिटेडबाट ५२ किलोग्राम तौल भएको ४८० अमेरिकी डलर भन्सार मूल्य घोषित भएको सामान आएको देखिन्छ । यस्तो अवस्थामा भन्सारका तीन कर्मचारीलाई निलम्बन गरेर मात्र सरकार उम्किने कोसिसमा लागेको त हाेइन ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार