लगानी बोर्ड चार खम्बे रणनीतिक पूर्वाधार परियोजनामा केन्द्रित हुनुपर्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
साउन १४, २०८० आइतबार १०:४३:१५
१४ साउन, काठमाडौं । लगानी बोर्डले चार खम्बे रणनीति बमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारी अन्तर्गतका कार्य प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । प्रत्येक कार्यलाई परिणाममा आधारित सूचक एवं संक्षिप्त व्याख्यासहित प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझाउँदै बोर्डका कार्यकारी अधिकृत शुशील भट्टले गत आवमा चार वटै स्तम्भमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै आगामी आर्थिक वर्षमा आफूले सम्पन्न गर्ने मुख्य कार्य संक्षिप्त रूपमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका थिए । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेस गर्ने तथा बोर्ड अध्यक्ष र कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था छ ।
प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताए । उनले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताए ।
बोर्डबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाका रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले परियोजना विकासमा बार्डले अपनाएको ‘स्क्रिनिङ’ प्रक्रिया वैज्ञानिक तथा समय सापेक्ष भएको र अब परियोजनाको पहिचान र ‘स्ट्रक्चरिङ’मा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई काम गर्नुपर्ने बताए ।
गत आवमा बोर्डको कार्यालयबाट भएका कामले देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित निजी क्षेत्रको लगानी जुटाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माणपछि स्थानीय खुसी
जेठ ९, २०८१ बुधबार
कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
जेठ १०, २०८१ बिहिबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार