एसियाडको तयारी : महिला भलिबललाई एसियाको प्रमुख आठभित्र राख्ने लक्ष्य
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १६:५३:१९
१७ साउन, काठमाडौं । आगामी असोज ६ देखि असोज २१ गतेसम्म चीनको हाङझाओमा हुने १९ औं एसियाली खेलकुदका लागि नेपाली महिला भलिबल टोली प्रशिक्षणमा व्यस्त छ । पहिलो पटक एसियाली खेलकुदमा उत्रने मौका पाएको नेपाली महिला भलिबल टोलीले यसलाई महत्वपूर्ण अवसरको रुपमा लिएको छ ।
काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाले कभर्ड हलमा अहिले राष्ट्रिय महिला भलिबल टोली कठोर प्रशिक्षणमा व्यस्त छ । दिउँसो समेत प्रशिक्षण लिइरहेको नेपाली टोलीले यसपटक हाङझाओ एसियाडमा एसियाको दिग्गज टोलीहरू दक्षिण कोरिया र भियतनामसँग खेल्दैछ । दक्षिण कोरिया विश्व भलिबलका कहलिएको टोली हो । यसपटक पहिलो सहभागितामा राम्रो छाप छोड्ने प्रयासमा रहेको नेपाली टोलीले नतिजा होइन प्रदर्शन र वरियताको सुधारमा बढी केन्द्रित छ ।
प्रशिक्षक जगदीश भट्टले एसियाली खेलकुदको नेपालको राष्ट्रिय महिला भलिबल टोलीका लागि राम्रो अवसर बनेको बताए । उनले राष्ट्रिय खेलकुद परिषद राखेप र नेपाल भलिबल संघ पनि महिला टोलीको प्रशिक्षणलाई थप व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रयासरत रहेको बताए । यस क्रममा महिला टोलीको वैदेशिक प्रशिक्षणका लागि पनि तयारी भइरहेको भट्टले बताए ।
नेपालको राष्ट्रिय खेल घोषित भएपछि भलिबल प्रतिको लगाव चुलिएको छ । सरकारदेखि जनतासम्मले यस खेलप्रति बढी अपनत्व देखाउन थालेका छन् । तर अझै पनि यसको विकासमा हुनुपर्ने धेरै कार्यहरु हुन सकेको छैन् । नेपालको भूगोल सुहाउँदो र भौगोलिक दृष्टिकोणले पनि लोकप्रिय भलिबलका लागि भने भलिबल संघले बहुबर्षे योजना बनाउन आवश्यक देखिएको छ ।
प्रशिक्षक भट्ट नेपालको महिला भलिबललाई एसियाली स्तरमा प्रमुख आठ ( टप एट ) भित्र राख्ने गरी तयारी थालिएको बताउछन । यसका लागि यसपटक एसियाडमा आधार खडा हुने विश्वास पनि उनको छ ।
हाङझओ एसियाडमा नेपाली टोली दक्षिण कोरिया र भियतनाम रहेको समूह सीमा छ । नेपाली टोलीमा रहेका खेलाडीमा कप्तान अरुणा शाही, सलिना श्रेष्ठ, सरस्वती चौधरी, प्रतिभा माली, जानकी भण्डारी, सफिया पुन, संगम महतो, कविता भट्ट, पुनम चन्द, कामना विष्ट, निरुता ठगुन्न र उषा भण्डारी रहेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार