सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने आठ पक्राउ
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार २२:३:१०
१७ साउन, खलङ्गा । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालीकाटोल बस्ने ३४ वर्षीय शङ्कर भूललाई पक्राउ गरिएको हो ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतका सात जनाबाट रु १४ लाख ९५ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । प्रतिवादी नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको जागिरे वाला हुँ, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु भर्ना गरेबापत नगद रूपैयाँ दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
इलाम: कांग्रेस, १६४३, एमाले १६०१, स्वतन्त्र ४३७ र रास्वपाः ३०५ मत
बैशाख १६, २०८१ आइतबार
इलाम २ को अपडेट: कांग्रेसका खड्काको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
घुम्ती गोठका भेडाका बथान
बैशाख १७, २०८१ सोमबार
दूधकोसी नदी किनारमा जिप खस्दा एक जनाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
गर्मी मौसममा दिनहुँ चिसो पेय पदार्थ पिउनुहुन्छ ? तुरुन्त बानी सुधार्नुहोस्
बैशाख १७, २०८१ सोमबार
लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य
बैशाख १७, २०८१ सोमबार