स्वास्थ्य बीमाको औषधि लिँदा दोहोरो शुल्क तिर्नुपर्ने सेवाग्राहीको गुनासो
नेपालबहस संवाददाता
साउन १९, २०८० शुक्रबार १४:३४:५५
१९ साउन, रामेछाप । रामेछापका विरामीले स्वास्थ्य बीमाको औषधि लिँदा दोहोरो शुल्क तिर्नु परेको छ । जिल्लाको मन्थली अस्पतालबाट स्वास्थ्य बीमाको औषधि लिने बिरामीले दोहोरो शुल्क तिर्नु परेको गुनासो गरेका छन् । मन्थली अस्पतालले जाँच गरेका बिरामीले अस्पतालकै फार्मेसीबाट सबै औषधि नपाउँदा त्यहाँ नपाउने औषधि लिन तामाकोशी अस्पतालको फार्मेसीमा जानु पर्दछ । सो फार्मेसीले पुनः नाम दर्ता गरेर औषधि किन्न जाने बिरामीसँग फार्मेसीले दोहोरो शुल्क लिने गरेको छ ।
‘स्वास्थ्य परीक्षण गर्न जाने बिरामीले नाम लेखाउँदा मन्थली अस्पतालमा स्वास्थ्य बीमा कोषबाट २ सय रुपैँया तिर्नु पर्छ, त्यहाँ डाक्टरले लेखिदिएको औषधि तामाकोशी अस्पतालमा जाँदा पुनः नाम लेखाएर थप २ सय रुपैँया तिर्नुपर्छ, एउटा औषधि लिन नागरिकले ४ सय रुपैँया नाम लेखाउँदा शुल्क मात्रै तिर्नुपर्छ’, गैरसरकारी संस्था महासंघका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता रत्नप्रसाद कँडेलले भने ।
स्वास्थ्य बीमाको एक सय रुपैँयाँको औषधि लिन पनि बिरामीको ४ सय रुपैँया खर्च हुने सेवाग्राहीको गुनासो छ । ‘बिमाको सबै औषधि मन्थली अस्पतालको फार्मेसीमा छैन, त्यहाँ नभएको औषधि किन्न तामाकोशी अस्पतालको फार्मेसीमा जानु पर्छ, त्यहाँ जाने बित्तिकै थप २ सय रुपैँया काट्छ, जतिको औषधि किन्नु परे पनि ४ सय रपैँया तिर्नु र्पयो, त्यो ५० रुपैँयाकै औषधि किन नहोस्, अझ टेम्पोमा आउन जान थप एक सय रुपैँया त अलग्गै छ’, मन्थलीका नागरिक अगुवा वीरेन्द्र श्रेष्ठको भनाइ छ ।
मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल पनि नागरिकले दोहोरो शुल्क तिर्नु परेको स्वीकार्छन् । ‘त्यसैलाई अन्त्य गर्न अस्पतालमा नै फार्मेसीमा औषधि बढाउँदै छौँ, सबै औषधि ल्याउन नसकेको कारण बिरामीलाई उता पठाउनु परेको छ, समस्याको समाधान भनेको अस्पतालकै फार्मेसीबाट सबै औषधि दिनु हो’, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रभु इन्स्योरेन्सको साधारणसभा आज, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
बैशाख २०, २०८१ बिहिबार
नेपाल पुनर्बिमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा
बैशाख ४, २०८१ मंगलबार
प्रभु इन्स्योरेन्सको वैशाख २० गते एजीएम, के-के छन एजेण्डा ?
बैशाख ३, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार