रोहित चौधरीको हत्या घटनामा थप एक पक्राउ
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १४:१:२१
२१ साउन, काठमाडौं । सुनसरीको धरानस्थित सेउतीखोला नजिकैको जंगलमा विराट महानगरापलिका–५ का २८ वर्षीय रोहित चौधरीको यही साउन ५ मा गोली हानी भएको हत्या घटनामा संलग्न आरोपमा थप एक पक्राउ परेका छन् ।
सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका ४ का २७ वर्षीय ज्याङ्लो भन्ने युनेश राईलाई गोलीसहित पक्राउ गरिएको हो ।
पक्राउपछि घर खानतलासी गर्दा ७.६५ एमएमको ८ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
जन्म दिनमा चौधरी युवतीसहित घुमफिर गरेर विराटनगर फिर्ता हुने क्रममा पेस्तोलसहितको लुटेरा समूहले युवतीलाई नियन्त्रणमा लिई उनको साथमा रहेको सुनका गहना लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा गोली हानी हत्या भएको खुलेको थियो । रोहितको हत्यापछि कुटपिट गरी छाडिएका युवतीले प्रहरीलाई बताएको हुलियामा आधारमा लुटेरा समूहका सदस्यहरु धमाधम पक्राउ परेका हुन् ।
हत्यामा संलग्नताको आरोपमा हालसम्म प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । यसअघि झापाको भद्रपुरका ३० वर्षीय प्रकाश लिम्बु, विराटनगरका ४१ वर्षीय अजयकुमार शर्मा, मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिमिल्सिना, सुनसरी धरान उपमहानगरालिका–१० का ३४ वर्षीय अनसन तामाङ पक्राउ परिसकेका छन् ।
अभियुक्त सबैलाई प्रहरीले इलाका प्रहरी कार्यालय ईटहरीको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोलीबाट गम्भीरु घाइते रोहितको उपचारका क्रममा सोही दिन धरानस्थित वीपी मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार