पछिल्लो समय मधेसमा विद्युत् चुहावट घट्दै
नेपालबहस संवाददाता
साउन २३, २०८० मंगलबार १६:२४:१३
२३ साउन, वीरगञ्ज । कुनै बेला अत्यधिक विद्युत चुहावट हुने मधेस प्रदेशमा पछिल्लो समय निरन्तर चुहावट घट्दै गएको छ । आर्थिक वर्ष २०७९र८० मा मात्रै करिब एक प्रतिशत विद्युत चुहावट घटेको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकहरुको बिलिङ्गमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत रिडिङ्गमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै निरन्तर विद्युत चुहावट घट्दै गएको हो ।
यस प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८/७९ मा १४ दशमलव १७ प्रतशत र आर्थिक वर्ष २०७९/८० मा १३ दशमलव ७९ प्रतिशतमा चुहावट झरेको जनकपुरधामस्थित विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ ।
विद्युत चुहावटको दृष्टिकोणले सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत चुहावट हुँदै आएको उक्त कार्यालयले जनाएको छ । औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको त्यहाँ प्रमुख ई मुनिन्द्र ठाकुरले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/८० मा विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार आठ सय ४८ ग्राहकमाथि कारबाही गर्दा रु पाँच करोड २१ लाख ९३ हजार सात सय ३७ महसुल सङ्कलन भएको थियो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा विद्युत चुहावट नियन्त्रण अभियानका क्रममा छ हजार नौ सय ६७ ग्राहकमाथि कारबाही गर्दा रु छ करोड ६४ लाख ३२ हजार आठ सय ५८ महसुल सङ्कलन भएको थियो । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार आठ सय ४८ जनालाई पक्राउ गरी कारबाही गरिएको थियो ।
यस्तै लामो समयदेखि विद्युत महसुल नतिर्ने २८ हजार नौ सय २३ जना ग्राहकको विद्युत लाइन काटिँदा २४ हजार नौ सय ५५ ग्राहकले पुनः विद्युत जडान गराएको र त्यसबाट रु ८५ करोड ३२ लाख ३१ हजार तीन सय ७० बक्यौता असुली भएको थियो । विद्युत मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत लाइन कट्टा गर्ने अभियान चलाई बक्यौता सङ्कलन गरिएको प्रमुख ई ठाकुरको भनाइ थियो ।
आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा रु १५ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत बिक्री हुँदा रु १३ अर्ब ९३ करोड महसुल सङ्कलन भएको जनाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएको छ । योसँगै मधेस प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ मध्ये ५७ प्रतिशत औद्योगिक र ३२ प्रतिशत गार्हस्थ्य ग्राहक, दुई प्रतिशत व्यापारिक र सात प्रतिशत अन्य रहेको जनाइएको छ ।
यस्तै २०७८ सालदेखि अनलाइनबाट विद्युत महसुल बुझाउने अनलाइन सेवा सुरु गरिएको र हाल २६ प्रतिशतले अनलाइन महसुल तिर्दै आएको प्रमुख ई ठाकुरले बताए ।
यस प्रदेशको शत्प्रतिशत गाउँ बस्तीमा विद्युत सेवा पुगेको छ । प्रदेशका सबै टोल बस्तीमा विद्युत सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी भएको छ । “ आर्थिक बर्ष २०७८/७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत सेवा पुगेको थियो”, प्रमुख ई. ठाकुरले भने, “विद्युतीकरण बाँकी रहेको एक प्रतिशत घरमा आर्थिक वर्ष २०७९÷८० मा पुर्याएपछि प्रदेशका सतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ ।” “अब केही दिनभित्रै हामीले प्रदेशलाई सतप्रतिशत विद्युतीकरण प्रदेश घोषणा गर्छौं”, उनले भने । प्रदेशका सबै गाउँ बस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानहरूको खेतबारीसम्म विद्युत पुर्याउने अभियान सुरु गरिएको प्रमुख ई ठाकुरले बताए ।
प्राधिकरणले चालु आर्थिक बर्षदेखि रु ५५ करोड बराबरको सिँचाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारहरुसँग समेत सहकार्य गरेर सिँचाइ विद्युतीकरण सुरु गरेको छ । जसअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुल बापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था छ ।
हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पुर्याउन निर्णय गरेर पठाएको र अन्य पालिकाहरुले समेत निर्णय गर्ने जानकारी गराएको उनले बताए । सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रु दुईका दरले मात्र महसुल तिराउने नीति लिएको विद्युत प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रु पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार