रास्वपा नेता एवं ठेकेदार विष्णु श्रेष्ठको समाचार प्रति आपत्ति, सशस्त्रको ठेक्कामा घोटाला नभएको दावी
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार ११:४:३२
२४ साउन, काठमाडौं । सशस्त्र प्रहरीका जवान तथा अधिकृत कर्मचारीहरूले प्रयोग गर्ने हिमाली ज्याकेटमा बढी रकम नपरेको र कुनै पनि प्रकारको घोटाला नभएको भन्दै त्यसको ठेक्का लिने ठेकेदार विष्णु श्रेष्ठले आपत्ति जनाएका छन् ।
सशस्त्र प्रहरी बलका लागि ३५ करोड रूपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको शीर्षकको गत साउन १७ गते नेपालबहस डटकममा प्रकाशित समाचारमा आफ्नो धारणा राख्दै ठेकेदार श्रेष्ठले कुनै पनि प्रकारको कमिशन दिनु नपरेको र घोटाला नभएको दावी गरेका छन् ।
उनले राज्यको ऐन नियममै बसेर ठेक्का लिएको उल्लेख गदै ३५ करोड मध्ये आफ्नो कम्पनीलाई १५ करोड एकचालिस लाख नौं हजार बराबरको ठेक्का मात्र प्राप्त भएको हो उल्लेख गरेका छन् । नेपालबहस डटकममा ठेकेदार र सशस्त्रकै उच्च अधिकारीको सेटिङमा खरिद गरिएका सामानमा लगानी बराबर नै भ्रष्टाचार भएको समाचार प्रकाशित भएपछि ठेकेदार श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।
हिमाली ज्याकेट खरिदमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विष्णु श्रेष्ठले ठेक्का लिएका थिए । उनले सशस्त्र कै उच्च अधिकारीसँग सेटिङ मिलाएर सामान खरिद गर्दा ठूलो रकम घोटाला भएको पाइएको समाचार प्रकाशित भएको थियो । सो समाचारमा सेटिङमा दोब्बर कमिशन राखेर सामान खरिद गरिएकाले प्रति सेट १० हजारभन्दा बढी घोटाला भएको भन्दै सशस्त्र मुख्यालयमा चर्चा चलेको उल्लेख थियो ।
हिमाली ज्याकेट ६ हजारमा उपलब्ध हुनुपर्नेमा करिब १६ हजार मूल्यांकन गरेर खरिद गरिएको भन्दै सशस्त्र प्रहरीको प्रबन्ध शाखामा रहेका एसएसपी दीपेन्द्र कुँवरमाथि छानविन हुनुपर्ने आवाज सशस्त्र भित्रै उठाउन थालिएको बेला ठेकेदारको तर्फबाट प्रतिक्रिया आएको छ । ठेकेदार श्रेष्ठले हिमाली ज्याकेटमा प्रति ज्याकेट ८ सय ग्राम हाँसको भुवा प्रयोग गरिएको, जसको अहिलेको बजार मूल्य प्रतिकेजी ८ देखि १० हजार रूपैयाँसम्म रहेको बताएका छन् । त्यसबाहेक त्यहाँ आवश्यक कपडा, सिलाई, कर्मचारी खर्च, आयात खर्च सबै जोडिएको दावी गर्दै नेपाल सरकारको नापतौल तथा गुणस्तर विभागबाट चेक जाँच गराइएको समेत उनले दावी गरेका छन् ।
सशस्त्र प्रहरीले पहिलो पटक हिमाली ज्याकेट खरिद गर्ने क्रममा आईजीपी राजु अर्यालले कुनै पनि प्रकारको मोलाहिजा नगर्ने भन्दै चीनको प्रहरीले लगाउने हिमाली कपडा हेरेर ३ वटा नमुना मगाएका थिए । त्यही नमुनामध्ये आईजीपी अर्यालले जुन राम्रो छ त्यही स्पेक राखेर बोलपत्र निकाल्न प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरलाई निर्देशन दिएपनि त्यसमा कुँवरसहितको टोलीले आईजीपीलाई गुमराहमा राखेर एउटै गुणस्तरको सामानलाई बढी मूल्य निर्धारण गरेको समाचार प्रकाशित भएपछि ठेकेदार श्रेष्ठको सो प्रतिक्रिया प्राप्त भएको हो ।
सुरक्षा निकायका लागि बन्दोबस्तीका सामान खरिद गर्दा सरकारी निकाय गुणस्तर तथा नापतौल विभागका टेक्सटाइल इन्जिनियरको नेतृत्वमा समिति बनाएर त्यसबाट पास गर्नुपर्छ । ठेकेदार श्रेष्ठले सो प्रकृया पूरा गरेको बताएका छन् ।
ठेकेदार विष्णु श्रेष्ठले पठाएको खण्डनको पत्र यहाँ जस्ताको तस्तै प्रकाशित गरिएको छ । हेर्नुहोस् ।
मिति २०८०-०४-२१
श्री प्रधान सम्पादक ज्यू,
सदाबहार मिडिया प्रालिबाट सञ्चालित नेपाल बहस डटकम,
बखुण्डोल, ३ ललितपुर ।विषयः समाचारको खण्डनका साथै कानुनी उपचारमा जाने बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा त्यस नेपाल बहस डट कम www.nepalbahas.com मा साउन १७ गते प्रकाशित ‘रास्वपाका नेताले ठेक्का लिएको सशस्त्रको वस्त्र खरिदमा करोडौं भ्रष्टाचार, सेटिङमा प्रति सेट १० हजार घोटला’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारको खण्डन गर्दै प्रमाण पुष्टी गर्न र प्रमाण पुष्टी गर्न नसके कानुनी उपचारमा जाने ब्यहोरा यसै पत्रद्वारा जानकारी गराउन चाहन्छु ।
समाचारको हेडलाइन नै ‘रास्वपाका नेता’ बाट सुरु गरी म आवद्ध रहेको राजनीतिक दललाई आक्षेप लगाउने दुषित मनसायबाट समाचारको उत्पादन र प्रकाशन गरेको कुरा स्पष्ट छ । म निवेदक विष्णु श्रेष्ठ २० वर्षदेखि गार्मेन्टको ब्यापार व्यवसायमा छु । मैले अहिलेसम्म नेपाल राज्यको कानुन बमोजिम व्यवसाय दर्ता गरी सम्पूर्ण कानुनी दायित्व पूरा गरी व्यापार व्यवसाय गर्दै आएको छु । राज्यले तोकेको शर्त र परिधिभित्र रही व्यापार गर्नु अपराध हो ? कि एकाध मिडियाले झैँ धम्काएर, तर्साएर, बार्गेनिङ गरेर पैसा असुल गरेर ठगी गर्दै खानु पर्ने हो ?
के मैले नियमसंगत रुपमा व्यापार व्यवसाय गरेर काम गरेर खान नपाउने ? मैले काम गरेर खाँदा म आबद्ध भएको पार्टीसँग जोड्नुको उद्देश्य र आशय के हो ? के उक्त ठेक्कामा म आबद्ध रहेको पार्टीको कुनै संलग्नता छ ? पत्रकार आचारसंहिता अनुसार असम्बन्धित व्यक्ति, समुदाय वा विषयलाई जोडेर समाचार लेख्नु कानुन विपरीतको कार्य हो । तर नेपाल बहस डट कम नामक अनलाइनले के कति कारणले मेरो पार्टीको नाम जोडेर समाचार बनाएको हो, सो को जानकारी माग्न चाहन्छु ।
समाचारमा उल्लेख गरिए अनुसार सशस्त्र प्रहरी बलका लागि ३५ करोड रूपैयाँ बराबरका स्नो पार्का ज्याकेट र स्नो स्लीपीङ ब्यागसहितका हिमाली आइटमका सामान खरिदमा करोडौं भ्रष्टाचार भएको भनिएको छ । तर विभिन्न शिर्षकमा खोलिएको ३५ करोड बराबरको ठेक्का मध्धे मेरो कम्पनिलाई १५ करोड एकचालिस लाख नौं हजार बराबरको ठेक्का मात्र प्राप्त भएको हो । माथि उल्लेखित सबै रकमको विषयमा भ्रष्टचार भएको भनि समाचारमा ‘पाइएको छ’ भन्ने ठोकुवा के कति आधार र प्रमाणका आधारमा गरिएको हो ? यसको छानबिन, पुष्टी के कति आधारमा कसले कहाँबाट कसरी गरेको हो ? कुन कुन ठेकेदार र सशस्त्र प्रहरीका कुन वा कुन कुन उच्च अधिकारीले सेटिङ गरेको र लगानी बराबर अर्थात् कति लगानीमा कति भ्रष्टाचार भएको हो ? सो को आधार, प्रमाण र पुष्टी हुने कागजात कुन हुन् ? सो कुराको पुष्टी समाचारमा उल्लेख गर्नुपर्ने हुँदा के कति कारणबाट नगरिएको हो ?
समाचारमा ‘व्यापक हल्लीखल्ली’को कुरा गरिएको रहेछ । त्यो हल्लीखल्ली समाचार लेख्नेको मगजमा मात्रै भएको हो कि साँच्चै शसस्त्र प्रहरीभित्रका क कसले गरेका हुन्, अधिकारप्राप्त निकायमा त्यसको पुष्टी गरियोस् ।
हिमाली ज्याकेटमा प्रति ज्याकेट ८ सय ग्राम हाँसको भुवा प्रयोग गरिएको छ । जसको अहिलेको बजार मूल्य प्रतिकेजी ८ देखि १० हजार रुपैयाँ सम्म छ । त्यसबाहेक त्यहाँ आवश्यक कपडा, सिलाई, कर्मचारी खर्च, आयात खर्च सबै जोडिएको हुन्छ र त्यसको सम्पूर्ण प्रमाण र पुष्टी म गर्न सक्छु । तर आफूले चाहेजस्तो नभएको र आफूले अपेक्षा गरेजस्तो नभएकै कारण व्यक्ति र पार्टीलाई लक्षित गरी समाचार लेख्नु पत्रकार आचारसंहिता र सञ्चारमाध्यमको आचारसंहिता अनुसारकै कार्य हो कि विपरीतको ?
उक्त समाचारमै स्नो स्लिपिङ ब्याग खरिदमा पनि ‘घोटाला’ भएको कुरा गरिएको छ । ४ हजार ७५० पिस स्लिपिङ ब्याग खरिद गर्दा प्रति थान १६ हजार रुपैयाँमा खरिद गरिएको भनिएको छ । तर समाचारमा कुन सामाग्री प्रयोग गरिएको छ भनिएको छैन । स्लिपिङ ब्यागमा प्रतिकिलो ८ देखि १० हजार रुपैयाँ पर्ने हाँसको भुवा १ किलो २ सय ग्राम प्रयोग गरिएको छ । त्यहाँ प्रयोग गरिएको बाहिरी कपडा, सिलाई, अन्य लागतको हिसाब गरिएको छैन । सबै खर्च जोड्दा आयात खर्च सबै जोडिएको हुन्छ । समाचारमा ‘उच्च गुणस्तरकै स्लिपिङ ब्याग बजारमा प्रतिथान ७ हजार रुपैयाँमा पाइन्छ’ भनेर लेखिएको छ । म उक्त सञ्चारमाध्यमलाई आग्रह गर्न चाहन्छु, मैले प्रयोग गरेकै सामान प्रयोग गरी सोही गुणस्तरको सामान बजारबाट किनेर ७ हजार रुपैयाँमा उपलब्ध गराइयोस्, म अहिले नै १० हजार थान किन्ने छु । होइन दिन सकिँदैन भने सस्तो समाचार लेखेर व्यापारमा क्षति पुराउने र मानहानी गर्ने मिडियाविरुद्ध कानुनी उपचारमा किन नलाग्ने ?
यो समाचार नितान्त रुपमा आर्थिक लाभ, प्रलोभन र बदनियतका साथ प्रकाशन गरिएको कुरामा दुईमत छैन । यो समाचार ठेक्का नपाउने अन्य ठेकेदारको मिलेमतोमा लेखिएको र लेखाइएको हो भन्नेमा पनि कुनै शंका बाँकी छैन । मैले गलत गरेको छु, गुणस्तरहीन सामान दिएको छु भने मेरो भण्डाफोर गर्दा कुनै आपत्ति हुने छैन । यदि कसैले बदमासी ग¥यो भने जो कोही कै समाचार लेख्नुपर्छ, त्यो विषय बाहिर ल्याउनुपर्छ । तर गुणस्तर तथा नापतौल विभागबाट परीक्षण भई स्पेसीफिकेसन अनुसारकै सामान उपलब्ध गराई पास हुँदा कसरी कम गुणस्तरको भयो ? के सञ्चारमाध्यमले मनमा जे लायो त्यही लेख्न पाउने हो ? समाचारको स्वतन्त्र पुष्टी गर्नुपर्ने हो कि होइन ?
अतः त्यस समाचार भ्रामक, कपोलकल्पित र निश्चित स्वार्थ समूहको इसारामा लेखिएको र लेखाइएको छ । यसरी एक व्यवसायीलाई बदनाम गराउन गरिएको डिजाइनको भण्डाफोर गर्दै असम्बन्धित प्रसङ्ग, व्यक्ति वा संस्थासँग जोडी लेखिएको समाचारका विषयमा तत्काल माफी मागी उक्त समाचार हटाउन माग गर्दछु । अन्यथा उक्त समाचारको कारणबाट मेरो व्यक्तिगत छवि र व्यापारमा पर्नसक्ने वा परेको क्षतिको कानुनी उपचारबाट क्षतिपूर्ति भराउने प्रयोजनका लागि कानुनी उपचारमा जाने ब्यहोरा यसै खण्डनसाथ जानकारी गराउन चाहन्छु ।
यसै निवेदनसाथ नेपाल बहस नामक अनलाइनमा प्रकाशित समाचारको स्क्रिनसट पनि समावेश गरेको छु ।
समाचारको लिंकhttps://www.nepalbahas.com/story/643188/?fbclid=IwAR0VjIhv86PahJOoN41GFiqRf52TIPDrMP8T_OnijcDdWdgMh8hc-j5us5M
विष्णु श्रेष्ठ
व्यवसायी
वोद्यार्थ
नेपाल प्रेस काउन्सिल, काठमाडौं
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार