शेयरबजार ४१.०६ अंकले बढ्यो, कारोबार रकममा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १५:३१:२८
२४ साउन, काठमाडौं । शेयरबजार सूचक नेप्सेले बुधबार दुई हजारको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । यो विन्दुमा झरेको बजार अन्तिम प्रहरमा भने फराकिलो अंकले बढेको छ । यस दिन नेप्से सूचक ४१.०६ विन्दुले बढेर २०६०.९१ अंकमा आइपुगेको छ । १ अर्ब ८८ करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
२२ सय भन्दा माथि पुगेको नेप्से मौद्रिक नीतिपछि निरन्तरजसो घटेर २ हजारको मनोवैज्ञानिक रेखासम्म झरेको हो । यद्यपि, सूचक बुधबार २ हजारभन्दा तल अर्थात् १९ सयको लाइनमा भने झरेन ।
यस दिन २६५ कम्पनीको ५० लाख १० हजार भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । १५ करोड ५० लाख रूपैयाँसहित कारोबार रकममा आइएमई लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नेपाल रिपब्लिक मिडिया परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार