पहिचानसहितकाे प्रदेश नाम राख्न सकिनँ : प्रधानमन्त्री
नेपालबहस संवाददाता
साउन २४, २०८० बुधबार १७:३७:४
२४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनका बलमा पहिचानयुक्त प्रदेश घोषणा गरेपनि नाम राख्न नसकेको बताएका छन् ।
बुधबार नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘२०७० मा मैले नेतृत्व गरेको पार्टीले पहिचानसहितको संघीयता, संघीयतासहितको पहिचानको नारासहित चुनाव लड्यो । शेर्पा प्रदेश र किरात प्रदेशको नाम घोषणा गर्यो’ उनले भने, ‘तर पर्याप्त मत पाउन नसक्दा त्यो पुरा हुन सकेन ।’ उनले अब आउने चुनावमा आवश्यक मत पाउन सके पहिचानसहितको प्रदेश बनाउने बताए ।
प्रधानमन्त्री प्रचण्डले कानून व्यवसायी भगवती पाण्डेले आदिवासी जनजातिको परम्परा र संस्कारविरुद्ध हुने गरी दिएको अभिव्यक्ति निकै गम्भीर खालका रहेको र यसबारे सरकार निष्कर्षमा पुगेरै छाड्ने बताए ।पाण्डेको अभिव्यक्ति र उनीविरुद्ध परेका उजुरीका सन्दर्भमा प्रहरीबाट भएको भनिएको यातनाबारे पनि गृह प्रशासनले नजिकबाट अध्ययन गरिरहेको बताए ।
उनले विश्वभरिका सरकार, आदिवासी जनजाति संघ संस्था र अध्येताहरूले आदिवासी जनजातिको हक अधिकार संरक्षण र सम्वद्र्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन दिवसले महत्वपूर्ण अवसर दिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार