सङ्ख्या धेरै, ठाउँ साँघुरो हुँदा कैदीबन्दीकाे बास त्रिपालमुनि
नेपालबहस संवाददाता
साउन २६, २०८० शुक्रबार १२:२३:५५
२६ साउन, चितवन । झमझम पानी परिहँदा यहाँको कारागारमा रहेका कैदीबन्दी त्रिपालमुनि रात बिताउन बाध्य भएका छन् । दिनको चर्को घाममा समेत उनीहरुको बसाइ पालमुनि हुने गरेको छ ।
चितवन कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् भने वर्षात्का कारण उनीहरुलाई झनै समस्या हुँदै आएको छ । पक्की संरचनामा कैदीबन्दी नअटेपछि उनीहरुलाई बाहिर त्रिपालमुनि र पालीमा राखिएको हो ।
कारागार कार्यालय चितवनका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार दुई सय ८० जनाको क्षमता रहेको कारागारमा अहिले सात सय ६० जना कैदीबन्दी रहेका छन् । उनीहरुसँग आश्रित पाँचजना बालबालिका रहेको कारागार प्रशासनले जनाएको छ । जसमध्ये दुई सय ५५ जनाको क्षमता रहेको पुरुष कैदीबन्दी गृहमा सात सय १३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना रहेका छन् । महिलाहरुसँगै आश्रित बालबालिका रहेका छन् । ठाउँ साँघुरो भएपछि ५० जना पुरुष कैदीबन्दीलाई पालमुनि राखिएको छ । त्यति नै सङ्ख्या हाराहारी पालमुनि रहेका छन् ।
पौडेलले भने, “सङ्ख्या धेरै र ठाउँ साँघुरो हुँदा व्यवस्थापन गर्न कठिन भएको छ ।” त्यसमाथि पनि कैदीबन्दीमा विभिन्न रोग भएकाहरु समेत भएकाले बसाइ कठिन भएको छ । जिल्लामा क्यान्सर सहितको उपचार हुने भएकाले छिमेकी जिल्लाबाट समेत बिरामी कैदीबन्दी यहाँ आउने गर्दछन् । नवलपरासीको बर्दघाट सुस्ता पूर्वका कैदीबन्दीहरुसमेत यही ल्याइने गरिएको छ । सो जिल्लामा कारागार नहुँदा यहाँ ल्याइने गरेको छ ।
गएको वैशाखदेखि नै कैदीबन्दीलाई त्रिपालमुनि राखिएको उनले जानकारी दिनुभयो । वर्सातको समयमा त्रिपाल र पालमुनि रात बिताउने कैदीबन्दीलाई पानीले समस्या बनाउने गरेको छ । ओढाएको त्रिपाललाई भुइँसम्म झारेर ढुङ्गाले किचेर पानी पस्नबाट रोक्ने प्रयास गरिएको छ । यद्यपि सुतेको ठाउँमा पानी पस्ने गर्दछ ।
उनीहरु भुइँमा सुत्ने हुँदा गर्मीमा सर्प दंशको समेत जोखिम हुने गरेको छ । मुख्य सहरी क्षेत्रको साँघुरो ठाउँमा कारागार रहेको छ । कारागारलाई सहरभन्दा केही पर नयाँ संरचना बनाएर स्थानान्तरण गर्ने योजना रहेको भए पनि काम हुन नसक्दा कैदीबन्दीले थप कष्टकर जीवन बिताउन बाध्य छन् । कारागारका कर्मचारीहरुलाई कैदीबन्दीको व्यवस्थापन जटिल बन्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार