लक्की फिल्मी अवार्डको 'लाइफटाइम अचिभमेन्ट अवार्ड’ बसुन्धरा भुसाललाई
नेपालबहस संवाददाता
साउन २९, २०८० सोमबार ११:५३:२
२९ साउन, चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा हुन लागेको 'लक्की फिल्मी अवार्ड २०८०; मा नेपाली कलाकारिता क्षेत्रकी पहिलो महिला विशिष्ट हास्यकलाकार बसुन्धरा भुसाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गर्ने भएको छ । नेपाल चलचित्र क्षेत्रमा विशिष्ट हास्यकलाकार भुसालले पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।
सात वर्षको उमेरमा रंगमञ्चबाट कलाकारिता सुरु गरेकी विशिष्ट हास्यकलाकार भुसालको फिल्मी यात्रा पहिलो नेपालमा खिचिएको नेपाली फिल्म ‘आमा’ बाट भएको थियो । नेपाली रजतपटमा २०२२ सालदेखि निरन्तर नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइरहेकी भुसाल सदाबहार अभिनेत्रीको रुपमा परिचित छन् ।
आमा फिल्ममा ‘भुन्टी’ को भूमिकाबाटै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नेपाल चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य कलाकार भुसालले एक सय ६५ वटाभन्दा बढी नेपाली चलचित्रमार्फत दर्शकको मन जितिसकेकी छन् ।
नेपाली सिनेमा जगतको संरक्षण र जर्गेना गर्ने उद्देश्यसहित फिल्मी अवार्ड गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ को भनाइ छ । ‘यो तरिकाको अवार्ड नेपालमै पहिलोपटक हुन्छ । जहाँ सबै कलाकारकर्मी, कलाप्रेमीले सम्मान र अपनत्व पाउनु हुन्छ,’ कार्कीले भने । अवार्डमा दुई दर्जनभन्दा बढी कलाकर्मी सम्मानित हुने उनले जानकारी दिए ।
चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्यसहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम गर्न लागेको उनले बताए । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुने कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
'पूजार सार्की' र 'फर्की फर्की' एक साथ रिलिज
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
बजेट भाषण हुने समयसम्म दलहरुबीच सहमति हुनेमा प्रधानमन्त्री विश्वस्त
जेठ १३, २०८१ आइतबार
महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आए : उपप्रमुख डंगोल
जेठ १३, २०८१ आइतबार
चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थमन्त्रीको अनुमान
जेठ १३, २०८१ आइतबार
मौरीका घार रित्तिन थालेपछि व्यवसाय संकटमा
जेठ १३, २०८१ आइतबार
काठमाडौंको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने
जेठ १३, २०८१ आइतबार
आगामी आर्थिक वर्षको बजेट मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने
जेठ १३, २०८१ आइतबार