बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध, सर्वसाधारण मर्कामा
नेपालबहस संवाददाता
साउन ३२, २०८० बिहिबार १६:३९:४०
३२ साउन, तनहुँ । पृथ्वीराजमार्गको विकल्पका रुपमा रहेको बुद्धसिंहमार्ग एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ आँपखोलमा पहिरो खस्दा एक सातादेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
गत साउन २६ गते खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात सेवा विच्छेद भएको छ । गण्डकी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको उक्त मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ ।
पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयवासी हर्कबहादुर थापाले बताए । उनले भने, “पहिरोका कारण मानिससमेत हिँड्न नसक्ने अवस्था थियो, अहिले स्थानीयवासीको प्रयासमा पैदल हिँड्न मिल्ने बनाइएको छ । पहिरो नहटाएसम्म यातायात सेवा सञ्चालन हुन सक्दैन ।” अहिले सो पहिरो छिचोलेर कुनै पनि सवारीसाधन सदरमुकाम दमौली र घुमाउनेतर्फ जान सक्दैनन् । सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् ।
पहिरो खसेको स्थानसम्म दमौलीबाट सवारीसाधनमा खाद्यान्नलगायत अन्य अत्यावस्यक सामग्री लगेपनि त्यसउता भने बोकाएर लैजानुपर्ने वाध्यता रहेको उनको भनाइ छ ।
स्थानीयवासी थापाले भने, “यस भेगका नागरिकलाई सख्त बिरामी भएमा त्यसबेला पर्ने समस्यामा भने कसैले पनि अनुमान गरेका छैनन् । यत्रो दिन भइसक्दा पनि पहिरो हटाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिएको छैन ।”
उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौं नागरिक दैनिक आवतजावत गर्ने गरेकामा अहिले उनीहरूको आवागमन पूर्ण रुपमा बन्द भएको छ । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रुपमा उक्त सडकलाई लिने गरिएको छ । गण्डकी प्रदेश सरकारले उक्त सडकको दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्म १० किलोमिटर कालोपत्र गर्ने तयारी गरेको छ ।
उक्त मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन अवस्थामा छ । सो पुल निर्माण भएपछि बाटो पनि छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ । उक्त सडक गण्डकी प्रदेश मातहत रहे पनि सडकको पहिरो पन्छाउने जिम्मेवारी आफ्नो नभएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख दिनेश घिमिरेले बताए ।
प्रदेश सरकारले अहिले १० किलोमिटर सडक कालोपत्र गरिरहेको हुँदा त्यही १० किलोमिटरभित्र हुने अवरोध हटाउने जिम्मेवारी मात्र कार्यालयको रहेको र बाँकीमा कार्यालयको कुनै भूमिका नहुने उनको भनाइ थियो । प्रमुख घिमिरेले स्थानीय तहले पहिरो हटाउन सकिएन भनेर लिखित निवेदन दिएमा प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयसँग बजेट माग गरिए मात्र सडकको अवरोध हटाउन सकिने उल्लेख गरे ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल अलपत्र अवस्थामा छ । घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानासम्म पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार