एनएमबि लघुवित्त संस्था घाटामा
नेपालबहस संवाददाता
भदौ १, २०८० शुक्रबार १०:५९:५८
१ भदौ, काठमाडौं । खराब कर्जा चुलिएर इम्पेयरमेन्ट चार्ज बढ्दा एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म घाटा व्यहोर्नुपरेको छ। शुक्रबार सार्वजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१८ प्रतिशत थियो।
एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड १२ लाख रुपैयाँमा सीमित थियो। खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा समीक्षा अवधिसम्म संस्थाले २ करोड २४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म संस्थाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले १८ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि २३.०६ प्रतिशतले घटेर ३४ करोड ७४ लाख रूपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४५ करोड १५ लाख रुपैयाँ भएको थियो।
चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार भने १३.०३ प्रतिशतले बढेर २२ करोड ४५ लाख रूपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ८७ लाख रुपैयाँ थियो।
चौथो त्रैमाससम्म संस्थाले २ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा अवधिसम्म संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) ३.११ रूपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १७.१२ रुपैयाँ थियो। संस्थाको प्रतिशेयर नेटवर्थ १४२.१८ रुपैयाँ रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार