रसुवागढी नाकाबाट भित्रिएको तस्करीकाे दुई केजी सुनसहित पैदलयात्री पक्राउ
नेपालबहस संवाददाता
भदौ ३, २०८० आइतबार ११:४०:४५
३ भदौ, काठमाडौं । हवाइजहाजबाट आएको सुनले तरंग ल्याइरहेका बेला पैदल मार्गबाट पनि अवैध रुपमा भारी मात्रामा सुन तस्करी भइरहेको पाइएको छ । रसुवा नाकाबाट तस्करी गरी काठमाडौंतर्फ ल्याइरहेको २ केजी सुनसहित सिन्धुपाल्चोकमा एक स्थानीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले आाज बिहान रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीस्थित सडकबाट पैदल यात्री सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ पोखरी बस्ने वर्ष २४ को सुदीप शेर्पालाई २ किलोग्राम सुनसहित पक्राउ गरेको हो ।
शेर्पाले लगाएको कालो रंगको चेष्ट गार्डको भित्री खल्तीमा उक्त परिमाणको सुन लुकाईछिपाइ ल्याइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन २ वटा बिस्कुट आकारमा रहेको र त्यसमा मेटालोर १ किलो गोल्ड ९९९.९ आईएसओ २४०१८ लेखिएको प्रहरीको दाबी छ । बरामद सुनको बजार मूल्य १ करोड ८९ लाख ३० हजार हुने प्रहरीले जनाएकाे छ । शेर्पामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
सुदीपले उक्त सुन आफूलाई रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले दिएको बताएपछि फुसाङलाई पनि प्रहरीले पक्राउ गरेकाे ।
यसअघि साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हङकङ हुँदै आएका तस्करले मोटरसाइकलको ब्रेक सुमा राखेर ६० केजी सुन भित्र्याइरहेको अवस्थामा भन्सार विभागले पक्राउ गरी थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो । अनुसन्धानका क्रममा ७ चिनियाँसहित डेढ दर्जन पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान जारी राखेको छ । मुद्दा चलाउन सीआईबीले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मिसिल बुझाउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
बेलायत पठाइदिन्छु भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ
बैशाख २२, २०८१ शनिबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार