मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १३:५८:४४
४ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् । सरकार साझेदार दलहरुको बैठकले थापाले आजकै बैठकबाट विश्वासको मत लिने निर्णय गरेको हो ।
उपसभामुख सिर्जना दनुवार बैठक संचालन गर्न उपस्थित नहुने भएपछि सत्ता गठबन्धनको बैठक बसेको थियो । बैठकपछि सरकारका दोस्रो घटक माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय भएको बताए ।
विश्वासको मत लिने बैठक प्रभावित तुल्याउने उद्देश्यले उपसभामुख दनुवार पत्र लेखेर प्रदेशबाहिर हिँडेको आरोप सत्ता पक्षका सांसदहरुले लगाएका छन् । दनुवारले द्वन्द्व निम्त्याउन खाेजेकाे उनीहरूकाे भनाइ छ । एमालेकी दनुवार अघिल्लाे गठबन्धनबाट उपसभामुख निर्वाचित भएकी थिइन् । सभामुख पद यसअघि नै रिक्त अवस्थामा छ ।
उनले बैठककाे अध्यक्षताकाे जिम्मेवारी अध्यक्ष मण्डलका सदस्य स्माइल मन्सुरीलाइ ताेकेर आज बिहान प्रदेश छाडेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार