धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार १४:४१:२
४ भदौ, म्याग्दी । म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ । गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेंलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कंदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन् । अन्य वर्षभन्दा यस वर्ष मनसुन ढिलोगरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परिरहेको छ ।
किसान धानको गोडमेलमा व्यस्त छन् । खेतमा धानका पात पहेंला भएका र गुभो मर्न थालेको देखेपछि किसानले वडाका कृषि प्राविधिक तथा कृषि ज्ञानकेन्द्रमा जानकारी दिने गरेका मालिका गाउँपालिका–७ का किसान टेकवीर बुढाले बताए । सुरुमा जिल्लाको पश्चिमी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेको छ । म्याग्दीका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन । धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफैँ गर्दै आएका छन् ।
कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किंन सल्लाह दिएका छन् । यहाँका किसानले बढीमात्रामा स्थानीय जातको गौरिया, गुडुरा, जेठोबुढोलगायतका जातका धानखेती गर्ने भएकाले यो बालीमा बढीमात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।
गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो । धानमा गाँज आउने देखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्याउने गरेको किसानको गुनासो छ । कीराको प्रकोप तीव्र रूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको किसानको भनाइ छ ।
धानमा पहेँलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको ट्टट्ट गरी छ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् । धानको बिरुवा/बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको संक्रमण सहजै फैलनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख किरण सिग्देलले जानकारी दिए ।
“गवारो कीराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन्, यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ”, अधिकृत सिग्देलले भने, “धान खेतमा कीराको प्रकोपले बर्सेनि धान उत्पादनमा कमी हुने गर्छ, त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ ।”
म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुन्छ । यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदोको भने स्थानीय जातको खेती हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार