नेपालको संविधान र शासन प्रणालीमाथि खेलबाड हुन खोजेको आभास हुन थालेको छः राष्ट्रपति पौडेल
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १०:५१:४७
५ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान र शासन प्रणालीमाथि खेलबाड भइरहेको अनुभूति आफूलाई भइरहेको बताएका छन् । उनले संसद अवरुद्ध भइरहनु, राजनीतिक दलहरुबीचमा मेलमिलापभन्दा असमझदारी बढेर जानु र विभिन्न खालका गतिविधिहरू देखापर्नुले संविधान र शासन प्रणाली खतरामा पर्ने हो कि भन्ने शंका लागेको बताएका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा यस्तो बताएका हुन् । संसद अवरोध लगायतका विषयमा छलफल गर्न उनले दलका नेताहरूलाई शीतल निवासमा डाकेका थिए । बैठकका क्रममा राष्ट्रपति पौडेलसमक्ष संसदको अवरोध खोल्नेदेखि देशको आर्थिक स्थितिलगायतका समसामयिक विषयमा नेताहरूले आफ्नो धारणा राखेका छन् ।
विमानस्थलबाट भित्रिएको तस्करीको सुनबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपतिले त्यसप्रति चासो देखाएका हुन् । बैठकमा एमालेका नेताहरू भने अनुपस्थित थिए ।
बैठकमा राष्ट्रपतिले आफूलाई नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको धारणा व्यक्त गरेका छन् । अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ,’ नेताहरूसँग पौडेलले भने, यसले गर्दा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।’
बैठकमा राष्ट्रपतिले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरूको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको उनले बताए ।
‘यो सहमतिको प्रयत्नले तत्काल सार्थकता पाएर अवरुद्ध संसद सञ्चालन हुनेछ भन्ने मैले विश्वास लिएको छु‚’ उनले भने‚ ‘यदाकदा दलहरूबीच विवाद, द्वन्द्व र तिक्तता देखा पर्ने गरे पनि राष्ट्रिय स्वार्थ र हितका लागि वार्ता, संवाद र छलफलबाट निकासमा पुग्नुपर्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । नेपालका राजनीतिक दलहरूले विगतमा विषम परिस्थितिमा पनि संवादकै माध्यमबाट समस्या सुल्झाएका कैयौं उदाहरणहरू हाम्रा सामु छन् ।’
सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय अझै टुंगोमा पुग्न नसकेको र यो विषय टुङ्ग्याउन सकिएन भने जनताले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने राष्ट्रपति पौडेलले बताए । बैठकमा उनले देशको आर्थिक र समसामयिक अवस्थाबारे पनि आफ्ना धारणा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद सुचारु होस् र यसमा राजनीतिक दलबीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिको सकारात्मक धारणा रहेको बताए ।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ,’ उनले भने, ’यसमा कसैले विमति राख्नुपर्ने कारण छैन । हामी निरन्तर छलफलमा छौं । संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं । राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार