गौरा पर्वमा सार्वजनिक बिदा दिने प्रधानमन्त्रीको प्रतिवद्धता
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १८:३०:१३
७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वमा सार्वजनिक बिदा दिन आफू सकारात्मक रहेको बताएका छन् ।
मुख्यगरी सूदुरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गौरा पर्वको तिथि किटान भए त्यसदिन सार्वजनिक बिदा दिने प्रतिवद्धता व्यक्त गरे ।
साथै उनले पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा समेत गरेका छन् । ‘गौरा पर्वको तिथि किटान होस्, सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्नेछु,’ उनले भने ।
काठमाडौं उपत्यकामा बसोबास गर्दै आइरहेका सुदूरपश्चिमेलीहरुले आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गौरा पर्व मनाएका छन् । उनीहरुले पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भने आज प्रदेशभर सार्वजकि बिदा दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो, भक्तजनलाई सहज
असार १, २०८१ शनिबार
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
असार १, २०८१ शनिबार
रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार