अमेरिकाको विभिन्न सहरमा ‘बगान’
नेपालबहस संवाददाता
भदौ १२, २०८० मंगलबार ११:२१:२२
१२ भदौ, काठमाडौं । नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्त राज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । नेपालमा यस वर्षको वैशाख १ गते प्रदर्शन भएको फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा अप्रत्याशित रुपमा १७ करोडमाथिको कमाई गर्यो ।
त्यसपछि सबैभन्दा बढी कमाई गर्ने दोस्रो नम्बरमा रहेको चलचित्र ‘बगान’ को अमेरिका प्रदर्शनमा गीतकार तथा निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला कार्की सहभागी भइरहेका छन् ।
अगस्टको अन्तिम साता देखि प्रदर्शन सुरु गरिएको चलचित्र अधिकांश सहरमा देखाइने गीतकार वाग्लेले जानकारी दिए । उनले भने,‘हामीले अधिकांश शहरमा प्रदर्शन तय गरिसकेका छौँ । नेपाल झैँ यहाँ पनि विभिन्न शोमा पुगेर दर्शक प्रतिक्रिया लिने छौँ ।’ चलचित्रको टिमले नेपालमा दर्शकमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको थियो । फिल्म हेर्ने एकल महिला तथा आमाले आफ्नो कथा पर्दामा देखिएको भन्दै आँसु बगाएका थिएँ ।
उनका अनुसार चलचित्र ‘बगान’ ओहायोको फिल्ड र नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा अगस्ट ३१ सम्म हलमा प्रदर्शनरत छ । भर्जिनियामा सेप्टेम्बर १०, कोलोराडोमा सेप्टेम्बर १७, चार्लोटमा सेप्टेम्बर २४ र नेवार्क डेलावेयरमा ओक्टोबर १ मा प्रदर्शन तय भएको छ । यस्तै, टोरोन्टो क्यानाडामा सेप्टेम्बर २ मा प्रदर्शन हुँदै छ । यसबाहेक न्युयोर्क, डालास, ह्युस्टन, अस्टिन, लस एञ्जल्स, क्यालिफोर्निया, ह्यारिसवर्ग, एटलान्टा लगायतका सहरमा समेत छिटै प्रदर्शन हुने गीतकार वाग्लेले जानकरी दिए ।
अभिनयमा तीन दशकदेखि सक्रिय अभिनेता सरोज खनालले निर्देशन गर्नुभएको फिल्मले एकल महिलाको कथालाई उठाएको छ । सरोज खनालसहित करिश्मा मानन्धर, प्रमिला कार्की, नीर शाह, आकाश श्रेष्ठ, मिथिला शर्माको फिल्ममा अभिनय छ । यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी अभिनेत्री कार्कीले सर्वत्र प्रसंशा बटुलेकी छिन् ।
‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा आइरहेको थियो । अहिले हामीले सोही अनुसार प्रदर्शन तय गरिरहेका छौँ’, गीतकार वाग्लेले भने । उनले अमेरिकाका केही स्थानमा वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टसँगको सहकार्यमा समेत प्रदर्शन गरिने जानकारी दिए ।
स्वप्निल नीरवको कथामा आधारित रहेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।
ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार