मन्थलीमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
नेपालबहस संवाददाता
भदौ १३, २०८० बुधबार १२:७:४२
१३ भदौ, काठमाडौं । रामेछापको मन्थलीमा पहिलो पटक विद्युतीय चार्जिङ स्टेसन संचालनमा आएको छ । पछिल्लो समयमा विद्युतीय सवारी आउने जाने क्रम बढेसँगै रामेछापको सदरमुकाम मन्थलीमा विद्युत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।
व्यवसायी प्रमोद श्रेष्ठले करिब ४ लाख लगानीमा ७ आना क्षेत्रफलमा दुई वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका हुन् । रामेछापमा मात्र हाल डेढ दर्जनभन्दा बढी चार पांग्रे विद्युतीय सवारी साधन सञ्चालनमा छन् ।
सिन्धुलीको खुर्कोटमा रहेको विद्युतीय चार्जिङ स्टेसनबाट चार्जिङ सेवा लिन अपायक भएपछि मन्थलीमा संचालन गरिएको हो । एक प्रतिशत चार्ज गर्न ७ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । एउटा गाडी चार्ज गर्न करिब एक घण्टा समय लाग्ने जनाइएको छ । काठमाडौंबाट सदरमुकाम मन्थली १४० किलोमिटरको दूरीमा रहेको छ । एक पटकको चार्जले १२० किमि पार गर्न पुग्ने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार